अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

चितवन –  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी…

Read More

घट्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेकाे हाे । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला…

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

चितवन –  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । काठमाडौं जिल्ला अदालतमा मुद्दा बिहीबार बहस भएर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। आइतबार अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा प्रतिवादीको बहस नसकिएको र जवाफी बहससमेत बाँकी नै रहेको अवस्थामा…

Read More

भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद

चितवन –  बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ।  आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो। गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार…

Read More

भरतपुर महानगरद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

भरतपुर चितवन – भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । चिसो बढ्न थालेपछि भरतपुरका नदी तटीय क्षेत्रका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसोका कारण बालबालिकालाई घरमै बस्नुपर्ने समस्याबाट बच्न कक्षा ५ देखि बाल विकास कक्षाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको नगर शैक्षिक प्रशासन विभागले…

Read More

चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुदा १ को मृत्यु

माडी चितवन –  माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो । गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो…

Read More

भरतपुरमा भ्यानको ठक्करबाट १ जनाको मृत्यु

भरतपुर चितवन –  चितवनको भरतपुरमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहिबार राती ११ बजे पुल्चोक–गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका १२ मिलनचोकमा भरतपुरबाट टाँडीतर्फ गइरहेको बा.०३–००१ ज ४५८ नम्वरको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते पोखरा महानगरपालिका १ घर भई हाल भरतपुर महानगरपालिका ११ घोलबजार बस्ने ६१ बर्षीय गणेश…

Read More

नारायणीको पुलबाट हाम फालेर ३ जनाको मृत्यु

भरतपुर चितवन –  चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०र५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो । वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे…

Read More

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

चितवन –  हात्तीको आक्रमणबाट शिवसताक्षी  नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार  हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको  घटनास्थलमा नै मृत्यु भएका थियो ।  हात्तीको तोडफोडबाट रु…

Read More

जिप दुर्घटना हुँदा एकको मृत्यु, १ जना घाइते

चितवन –  बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको…

Read More