JIN0TkF.gif
JINuGe4.gif

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

चितवन –  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

काठमाडौं जिल्ला अदालतमा मुद्दा बिहीबार बहस भएर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। आइतबार अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा प्रतिवादीको बहस नसकिएको र जवाफी बहससमेत बाँकी नै रहेको अवस्थामा आज सुनुवाइ हुन लागेको हो।

आज प्रतिवादीका तर्फबाट थप वकिलले बहस गर्ने र वादी तर्फबाट जवाफी सकेपछि फैसला सुनाइनेछ । सन्दीपविरुद्ध गत वर्ष एक किशोरीले बलात्कारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्ता भएपछि पक्राउ परेका लामिछानेलाई सु्रुमा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियो । तर, पछि जिल्लाको आदेश उच्च अदालत र सर्वोच्चले बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको थियो । गत वर्षकै फागुनमा सर्वोच्चले यो मुद्दालाई फास्टट्रयाकमा राखेर टुंग्याउन आदेश दिएपनि मुद्दा टुंगिएको छैन् ।

What’s your Reaction?
+1
42
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000