JIN0TkF.gif
JINuGe4.gif

टप वान मिडिया प्रा. लि. ७ वर्ष पार गरि आजबाट आठौ वर्षमा प्रवेश

भरतपुर चितवन –  टप वान मिडिया प्राइभेट लिमिटेड” ले आफ्नो सेवा सुरू गरेको ७ वर्ष पुरा गरेको छ। बि सं २०७५ साल जेठ २२ गते स्थापन भएको ‘टप वान मिडिया” आफ्नो सातौं  वर्ष पार गर्दै आजबाट ८ औ वर्षमा प्रवेश गरेको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्दै ब्याक्तित्व बिकास, फेशन, सौन्दर्य प्रतियोगिता, इभेन्टहरु बाट मनोरञ्जन र तालिमका सथै बिज्ञापन र सूचना तथा समाचारको क्षेत्रमा आफुलाई फरक रुपमा प्रस्तुत गर्दै एउटा छुट्टै स्थान बनाउने उद्देश्यका साथ २०७५ साल जेठ २२ गतेका दिन चितवनको भरतपुरमा स्थापना भएको टप वान मिडिया प्रा. लि. ले आज आफ्नो ७ वर्ष पूरा गरि ८ औ वर्षमा सफल सुरुवान गरेको छ।

यो ८ औ वर्षमा प्रवेश गरेको अवसरमा साथ र सहयोग गर्ने सम्पुर्णलाई टप वान मिडियाका सस्थापक एवम् कम्पनीका प्रबन्ध निर्देशक रब्स (रबि) सापकोटाले धन्यवाद व्यक्त गर्नुभएको छ।

यो आठौ वर्षमा प्रबेशका अवसरमा कम्पनीद्वारा एक नयाँ सामाजिक संस्थाको सुरुवात गरिने र कम्पनी बाट भएको मुनाफाको १० प्रतिशत रकम उक्त संस्थामा सहयोग स्वरुप प्रदान गरिने टप वान मिडिया का प्रबन्ध निर्देशक रब्स सापकोटाले बताउनु भयो।

कम्पनी मार्फत संचालन गरिने उक्त सस्थाले निस्वार्थ भावनाका साथ सामाजिक क्षेत्रमा कार्य गर्ने उहाले जानकारी दिनुभयो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000