वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० जना घाइते

चितवन –  बर्दियाबाट वनभोजका लागि दाङ आईरहेको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार बसमा करिब ३०र३५ जना यात्रु…

Read More

अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न ठमेलमा आज सडक महोत्सव

चितवन –  अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा आज न्यु इयर इभ ठमेल सडक महोत्सव गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ठमेलमा ‘सडक महोत्सव’ हुन लागेको हो। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आज साँझ साढे ५ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ…

Read More

आजको मौसम

चितवन –  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि…

Read More

राष्ट्रपति पौडेलले दिए तमु ल्होसारको शुभकामना

चितवन –  राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान…

Read More

चितवनमा गाई भैंसी पालन सम्बन्धि निःशुल्क एक दिने कृषक तालिम सम्पन्न

चितवन –  चितवनमा गाइ भैसी पालन सम्बन्धि एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको छ। न्यू होप एग्रो बिजनेस नेपाल प्रालि र सुवर्ण तारा दुग्ध उत्पादक सहकारी संस्था लि को संयुक्त आयोजनामा शनिवार चितवनको खैरहनीमा एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको हो। तालिममा खैरहनी -१० र ११ का करिब ६० कृषकलाई तालिम दिइएको छ…

Read More

ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधी

चितवन –  ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। शनिबार राती दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले हराएको हो। ललितपुरलाई जित दिलाउन इमोह एजेकेलले दुई तथा दिनेश हेन्जनले एक गोल गरेका छन्। खेलमा पहिलो हाफमा धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल…

Read More

प्रधानमन्त्रीले भेटे बालकुमारी घटनाका पीडितको परिवार

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा…

Read More

आज तमु ल्होसार: सार्वजनिक बिदा

चितवन –  नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यो पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले विशेष रुपमा मनाउने गर्दछन् । हरेक वर्ष उनीहरुले हर्षोल्लासका साथ ल्होसार पर्व मनउने…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल पुस १५ गते आइतबार तदनुसार सन् २०२३ डिसेम्बर ३१ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश : मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कमाउने योग छ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ। उत्तर तर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पारिवारिक…

Read More

अब विदेश जानेले तत्काल लाइसेन्स प्रिन्टका लागि अनलाइनबाटै निवेदन दिन सक्ने

चितवन –  यातायात व्यवस्था विभागले शीघ्र सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) आवश्यक पर्ने नेपाली नागरिकको आवदेन अनलाइनबाट लिने भएको छ । ​ विभागले पुस १५ गतेदेखि उक्त व्यवस्था सुरु गर्न लागेको हो । अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना तथा नेपाल प्रहरीका लागि सवारी…

Read More