मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

चितवनमा गाई भैंसी पालन सम्बन्धि निःशुल्क एक दिने कृषक तालिम सम्पन्न

चितवन –  चितवनमा गाइ भैसी पालन सम्बन्धि एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

न्यू होप एग्रो बिजनेस नेपाल प्रालि र सुवर्ण तारा दुग्ध उत्पादक सहकारी संस्था लि को संयुक्त आयोजनामा शनिवार चितवनको खैरहनीमा एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको हो।

तालिममा खैरहनी -१० र ११ का करिब ६० कृषकलाई तालिम दिइएको छ ।

गाइ पालक किसानले समय सापेक्ष,नयाँ प्रविधि,नयाँ आयाम तौर तरिका उपयोग गरी कम खर्चिलोमा गुणस्तरसहित उत्पादन गर्न विशेष ध्यान दिनुपर्ने विज्ञले सुझाव दिएका थिए ।

कम खर्चमा राम्रो र गुणस्तरीय दुध उत्पादन कसरी गर्न सकिन्छ त्यसका लागी यो कृषक तालिम निकै उपयोगी भएको तेहा उपस्तित किसनहरुले बताए ।

यस्तै न्यू होप एग्रो बिजनेस नेपालका क्षत्रिय म्यानेजर (पुर्बी चितवन नेपाल) का सन्जिब पराजुलीले तालिममा बायोलोजिकल दानाको सर्वोत्कृष्ट नतिजाले किसानको लगानी सुरक्षित बनाउँछ भन्ने बारेमा जानकारी गराएका थिए ।

त्यस्तै यस कार्यक्रमको श्रोत् व्यक्तिको रुपमा न्यू होप एग्रो बिजनेस नेपाल प्रालिका बरिस्ठ भेटेरिनेरी डाक्टर आषिस सुबेदी रहनु भएको थियो. उहाले किसान समक्ष्य थुनेलो, बझोपन, खोरेत लगायत किसानका अन्य समस्या र तिनका समाधान प्रस्ट्याउनु भएको थियो।

कम्पनिका तर्फबाट बिक्रि तथा बजार प्रबन्धक सुजन पण्डित र मिलन बस्नेतले कार्यक्रमलाइ सहजीकरण गर्नु भएको थियो।

उक्त कार्यक्रममा सुवर्ण तारा दुग्ध उत्पादक सहकारी संस्था लि का तर्फबाट अध्यक्ष- भगवान थापा र बवास्थापक राम शरन डल्लाकोटीद्वारा किसनको मर्म बुझी ल्येएको यस प्रकारका तालिमले किसानलाइ उत्साहित बनाएको जनाउदै न्यू होप एग्रो बिजनेस नेपाल प्रालि लाइ बिषेस धन्यबाद दिइ कार्यक्रमको समापन गर्नु भएको थियो।

What’s your Reaction?
+1
87
+1
12
+1
0
+1
0
+1
17
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000