भारतीय टाटासुमोको ठक्करबाट २ जनाको मृत्यु
चितवन – महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै…
