JIN0TkF.gif
JINuGe4.gif

शालिनको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

चितवन –  चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मृतक शालिनको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको उल्लेख गरेको बताइएको छ ।

शालिनको परिवारले उक्त विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टेल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरु अहिले पनि प्रहरीको हिरासतमा छन् ।

शालिन मृत्यु प्रकरणमा उनको परिवारले न्यायका लागि भन्दै अयिभान नै चलाएपछि अहिले सामाजिक सञ्जाल खुबै तातेको छ । सामाजिक सञ्जालमाफर्त विशिष्ट व्यक्तिहरुले समेत उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो सामाजिक सञ्जालमार्फत शालिनको मृत्युले आफूलाई दुःखी तुल्याएको भन्दै वस्तुनिष्ठ छानविन गरेर दोषीमाथि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।
त्यसैगरी, नेपाली कांग्रेस र नेकपा (एमाले) ले समेत शालिन मृत्यु प्रकरणको सत्यतथ्य छानविनका लागि सरकारको ध्यानाकार्षण गराएको थियो

What’s your Reaction?
+1
23
+1
0
+1
67
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000