JIN0TkF.gif
JINuGe4.gif

२९,९९९ मै १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको फोन नेपाली बजारमा

चितवन –  नेपाली बजारमा अनरको नयाँ स्मार्टफोन अनर एक्सएटबी (X8b) सार्वजनिक भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

५१२ जीबी स्टोरेज भएको यो फोनको मूल्य २९ हजार ९९९ रुपैयाँ तोकेको छ। जसलाई कम्पनीले कम्प्युटर स्तरको स्टोरेज भएको फोनको रूपमा चर्चा गरिरहेको छ र बजारमा यो मूल्यमा ५१२ जीबी स्टोरेज युक्त फोन आफ्नो मात्रै भएको दाबी अनरले गरेको छ ।

नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स एट बी नेपालभर खरिदका लागि उपलब्ध भएको जनाएको छ।

डिजाइन
फोनको डिजाइनको कुरा गर्दा ६.७८ एमएम अल्ट्रा-स्लिम अनर एक्सएटबी स्लिम र १६६ ग्राम तौल रहेको छ।

क्यामेरा
अनर एक्सएटबीमा १०८ एमपी मुख्य क्यामेरा, वाइडर डेप्थ क्यामेरा र दुई एमपी म्याक्रो क्यामेरा गरी तीन ओटा क्यामेराको सेटअप रहेको छ । त्यस्तै सेल्फीका लागि यो फोनमा ५० एमपी क्यामेरा दिइएको छ ।

स्टोरेज
अनर एक्स एट बीमा १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको छ । जसमा १६ जीबी र्‍याम अन्तर्गत आठ जीबी आन्तरिक र बाँकी आठ जीबी अनर र्‍याम टर्बो समावेश छ ।

पर्फर्मेन्स
पर्फर्मेन्सको कुरा गर्नुपर्दा अनर एक्स एट बी एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ र क्वालकमप स्न्यापड्रागन ६८० मा सञ्चालन हुन्छ ।

डिस्प्ले
अनर एक्सएटबीमा अत्याधुनिक ६.७ इन्चको आँखालाई समेत सहज हुने ब्राइट एमोलेड डिस्प्ले राखिएको छ । डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट रहेको छ।

ब्याट्री र चार्जिङ
अनर एक्सएटबीमा ४५,००० एमएएच ब्याट्री रहेको छ भने फोनको साथमा ३५ वाटको अनर सुपर चार्जर पाउन सकिन्छ ।

मूल्य

१६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको यो फोन २९ हजार ९९९ रुपैयाँमा आधिकारिक रिटेलर स्टोर र अनलाइन प्लेटफर्म मार्फत खरिद गर्न सकिनेछ ।

What’s your Reaction?
+1
37
+1
24
+1
0
+1
0
+1
29
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000