एमाले चितवनको अध्यक्षमा कमलराज निर्वाचित

चितवन –  नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला) तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार…

Read More

भारतको राजस्थानमा भीषण गर्मीको कारण ६ जनाको मृत्यु

चितवन – पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ । सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको खबर आएको अधिकारीहरुले बताएका छन् । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको…

Read More

भारतमा ढुङ्गाखानीमा पुरिएर २७ जनाको मृत्यु

चितवन – भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक पनि बगाएको छ । मिजोरमको अरू राज्यसँगको यातायात सम्पर्क टुटेको बीबीसी हिन्दिले जनाएको…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –   आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार सन् २०२४ मे २९ तारिख। जेठ कृष्ण पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिकि बारे भविष्यवाणी गरिन्छ जसअनुसार  यस्तो रहेको छ तपाईंको आजको दैनिकी मेष : समय राम्रो छ। साथीसँगको भेटले मन खुशी हुनेछ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ।…

Read More

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध खुल्न एक साता लाग्ने

चितवन  –  सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा…

Read More

बढ्यो सुनको मूल्य

चितवन –  सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार नौ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ…

Read More

खोलाले बगाउँदा २ जना बेपत्ता

चितवन  –  दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा…

Read More

नवलपरासीमा भालुको आक्रमणबाट एक महिला घाइते

चितवन –  पश्चिम नवलपरासीमा जंगली जनावर भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार भालुको आक्रमणबाट बर्दघाट नगरपालिका- २ संसारकोट बस्ने ओमबहादुर खाम्चाकी श्रीमती २५ वर्षीया खिममाया खाम्चा घाइते भएका हुन्। घरदेखि २ किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निगुरो टिप्न जाँदा आज दिउँसो साढे १ बजेतिर…

Read More

नारायणगढ- मुग्लिन सडकमा ४ गाडी आपसमा ठोकिदा १ को मृत्यु

चितवन – नारायणगढ- मुग्लिन सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडी एकैठाँउमा आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । काठमाण्डौबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नंम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको…

Read More

आज देशका यी स्थानमा वर्षाको सम्भावना

चितवन –  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा हाल स्थानीय वायुको प्रभाव र पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ…

Read More