JIN0TkF.gif
JINuGe4.gif

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –   आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार सन् २०२४ मे २९ तारिख। जेठ कृष्ण पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिकि बारे भविष्यवाणी गरिन्छ जसअनुसार  यस्तो रहेको छ तपाईंको आजको दैनिकी

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मेष : समय राम्रो छ। साथीसँगको भेटले मन खुशी हुनेछ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : शिक्षा क्षेत्रको लगानीबाट खुशी मिल्नेछ। परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।

मिथुन : आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीले दुःख दिनेछन्। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ। काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

सिंह : समय रमाइलो छ। शिक्षाको लगानीले उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुन्छ। समाजसेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। आफ्नो मेहनतको फल प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

तुला : अरुलाई सहयोग गर्दा छायामा परेको महसुस हुनेछ। जमिनको कारोबारबाट उत्साह बढ्नेछ। प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : गुरुले सहयोग नगर्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार देखिने छ। परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

धनु : समय राम्रो छ। धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ। शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ। व्यापारमा फाइदा हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : तपाईंको कामको जस अरुले लिने खतरा छ। जन्मकुण्डली अनुसार शनिशान्ति गर्नु राम्रो हुनेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले ठुलो सफलता प्राप्त हुने देखिन्छ। परिवारसँगै बसेर मिठोमिठो भोजन गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ : शनिदेवको छाया योगले गर्दा खर्च बढ्ने देखिन्छ। झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ।

मीन : तपाईंको सानो गल्तीले अरुको मन दुख्नसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ।

What’s your Reaction?
+1
59
+1
47
+1
0
+1
0
+1
12
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000