JIN0TkF.gif

नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् : बालेन शाह

चितवन –  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको बुधबार साँझ सुन्धारामा एमाले कार्यकर्ताले नगरप्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले बुधबारको घटनाबारे स्पष्टीकरण दिँदै नगर प्रहरीले कसैलाई आक्रमण नगरी आत्मरक्षा मात्रै गरेको दाबी गरे । नगर प्रहरीमाथि स्टील र फलामका रडले आक्रमण भएपछि प्रतिकार गरेको उनले उल्लेख…

Read More

राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा साबित हुने : प्रधानमन्त्री प्रचण्ड

भरतपुर चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ शुरु भएकाे ‘भरतपुर भ्रमण वर्ष २०२४’ को आज नारायणी नदी किनारमा उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील…

Read More

न्याय पाउने सुनिश्चितता नभएसम्म शव जिम्मा नलिने शालिन का बुवा दिपेन्द्रले भने

रत्ननगर चितवन –  गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोक स्थायी घर भई चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत १४ वर्षीय शालिन पोखरेलको शंकास्पद मृत्युलाई उनको परिवारले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको छ । सोही विद्यालयद्वारा सञ्चालित होस्टलमा बस्दै आएकी शालिनको गत फागुन १२ गते शंकास्पद मृत्यु भएको थियो । विद्यालयद्वारा…

Read More

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावनाको सहर हो :केपी ओलि

भरतपुर चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावनाको सहर भएको बताउनुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताउनुभयो । उहाँले भारतपुरमा पर्यटनको…

Read More

हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध

चितवन –  म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध  गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का तमाखुले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र…

Read More

काठमाण्डौ महानगरपालिकाद्वारा १ सय ४० जना स्वयमसेवकमा आवेदन खुल्यो

चितवन –  काठमाण्डौ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ । २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयमसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो ।…

Read More

नवजात शिशु अस्पतालको बेडमै छाडेर आमा बेपत्ता

चितवन –  वीरगन्जस्थित नारायणी अस्पतालमा नवजात शिशुलाई अस्पतालमै छाडेर आमा बेपत्ता भएकी छिन् । छोरी जन्मिएको भन्दै परिवारका सदस्यले झगडा गरेपछि आफूले जन्म दिएको शिशु छाडेर ती महिला र उनका परिवारका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ । अस्पतालका अनुसार शनिबार ती महिलाले छोरी जन्माएकी थिईन् । वीरगन्ज महानगरपालिका– ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीय महिला…

Read More

नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

चितवन – तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नहुने बताए। उनले भने, ‘अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी…

Read More

नेपाल टेलिकमले अब फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउदै

चितवन –  नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच शुक्रवार सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । सो सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार…

Read More

मालपोत, नापीका कर्मचारी र विचौलियाविरुद्ध मुद्दा

चितवन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले…

Read More