JIN0TkF.gif

खोलामा डुबेर दुई किशोरीको मृत्यु

चितवन –  डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको स्थानीय लम्खेती गाडमा डुबेर मृत्यु भएको हो । गाउँकै तल रहेको लम्खेती गाडमा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए।…

Read More

नदीकिनारमा एक पुरुषको शव फेला

भरतपुर चितवन –  भरतपुर महानगरपालिका वडा नं-१७, गाजीपुरस्थित नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ । नारायणी नदीकिनारमा नदीले बगाएर ल्याएको नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्कापश्चात् मृतकको थप अनुसन्धान कार्य गरिरहेको छ ।

Read More

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल गोही राप्ती  नदीमा छाडिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ। केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए। २०३५ सालमा स्थापना गरिएको…

Read More

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि शुरु

चितवन –  सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ । यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम…

Read More

रामेछापमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप

रामेछाप –  एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै…

Read More

नारायणगढ-मुग्लिन सडकमा पुल निर्माणको काम तीव्र

भरतपुर चितवन –  नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार…

Read More

८ दिनअघि हराएकी चितवनकी २० वर्षीया स्नेहा पशुपति क्षेत्रमा भेटिइन्

चितवन –  आठ दिनअघि काठमाडौंको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए। उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको उनले बताए। “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने…

Read More

बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा

चितवन –  बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशभित्र नेपाली भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा शुभारम्भ हुन लागेकाले सार्वजनिक बिदा दिने निर्णय भएको बाग्मती सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था…

Read More

अब नेपालमै विद्युतीय गाडी उत्पादन हुने, चिनियाँ कम्पनीद्वारा सम्झौतामा हस्ताक्षर

चितवन –  चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडले नेपालमा विद्युतीय सवारी निर्माण गर्ने भएको छ । कम्पनीले नेपालको कोशी एनके मोटर्ससँग मिलेर विद्युतीय गाडी उत्पादन गर्ने याेजना ल्याएकाे हो । राजधानीमा आयोजित लगानी सम्मेलनको अन्तिम दिन सोमबार दुई कम्पनीबीच चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता…

Read More

नवलपुरमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

चितवन –  नवलपुरको मध्यविन्दु नगरपालिका–१२ बेलहानीमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०/६५ वर्षीय श्रीमान् तुलबहादुर कुमाल र अन्दाजी ५०/५५ वर्षीया मीना कुमाल मृतावस्थामा आफ्नै घरमा भेटिएका हुन् । स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म…

Read More