JIN0TkF.gif
JINuGe4.gif

अब नेपालमै विद्युतीय गाडी उत्पादन हुने, चिनियाँ कम्पनीद्वारा सम्झौतामा हस्ताक्षर

चितवन –  चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडले नेपालमा विद्युतीय सवारी निर्माण गर्ने भएको छ । कम्पनीले नेपालको कोशी एनके मोटर्ससँग मिलेर विद्युतीय गाडी उत्पादन गर्ने याेजना ल्याएकाे हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

राजधानीमा आयोजित लगानी सम्मेलनको अन्तिम दिन सोमबार दुई कम्पनीबीच चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पहिलो चरणमा गाडी उत्पादनका लागि तीन अर्ब रुपैयाँ लगानी हुनेछ ।

एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले यही वर्षदेखि नेपालमा विद्युतीय सवारी निर्माणको काम सुरु हुने बताए । उनका अनुसार वार्षिक पाँच हजारभन्दा बढी गाडी उत्पादन गर्ने योजना रहेकाे छ ।

What’s your Reaction?
+1
49
+1
23
+1
0
+1
0
+1
20
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000