JIN0TkF.gif
JINuGe4.gif

न्याय पाउने सुनिश्चितता नभएसम्म शव जिम्मा नलिने शालिन का बुवा दिपेन्द्रले भने

रत्ननगर चितवन –  गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोक स्थायी घर भई चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत १४ वर्षीय शालिन पोखरेलको शंकास्पद मृत्युलाई उनको परिवारले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सोही विद्यालयद्वारा सञ्चालित होस्टलमा बस्दै आएकी शालिनको गत फागुन १२ गते शंकास्पद मृत्यु भएको थियो । विद्यालयद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी शालिनले आत्महत्या गरेको भनेर पत्याउन सक्ने आधार नै नरहेको उनका बाबु दिपेन्द्रले बताए । उक्त घटनामा प्रमाण लोप गराउने प्रयास भएको दिपेन्द्रको भनाइ छ ।

शालिनले आत्महत्या गरेको भनिएको ठाउँमा आफू पुग्दा सरसफाइ गरिएको र शालिनले लगाएका कपडाहरु पनि सबै भिजाइएको उनको भनाइ छ । साथै, आफूहरुलाई उक्त घटना ढिला गरी जानकारी गराइएको र परिवारको अनुपस्थितिमा होस्टेलको ढोका फोडिएको उनले बताए ।

उक्त घटनामा आफूहरुमाथि विद्यालय प्रशासनदेखि प्रहरी प्रहरी प्रशासनसमेतले दमन गर्न खोजेको दिपेन्द्रले बताए । प्रहरीले पनि आफूहरुमाथि दमनको शैली अपनाएपछि आफूले शव वहानमा हालेर छोरीको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गराएको दिपेन्द्रले बताए ।

अहिले शालिनको शव त्रिवि शिक्षण अस्पतालमै छ । आफूहरुले न्याय पाउने सुनिश्चितता नभएसम्म शव जिम्मा नलिने दिपेन्द्रले बताए ।

What’s your Reaction?
+1
87
+1
5
+1
49
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000