JIN0TkF.gif
JINuGe4.gif

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावनाको सहर हो :केपी ओलि

भरतपुर चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावनाको सहर भएको बताउनुभएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताउनुभयो ।

उहाँले भारतपुरमा पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोशी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाएको उल्लेख गर्नुभयाे । त्यही योजनाअनुरूप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको उहाँकाे भनाइ थियाे ।

चितवन पूर्व–पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि भरतपुरको सम्भावना धेरै रहेको अध्यक्ष ओलीले बताउनुभयाे । भरतपुरको विकासका लागि सभाहल, छ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पुर्‍याएकाे उहाँले सुनाउनुभयाे ।

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भरतपुरको विकासमा आफू र आफ्नो पार्टी सधैँ सहयोग गर्न प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो ।

What’s your Reaction?
+1
42
+1
9
+1
0
+1
3
+1
3
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000