नारायणगढ–मुग्लिन सडक आज र भोलि बन्द नहुने

चितवन –  नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोलि दिउँसो खुल्ला रहने भएको छ। देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलालाई मध्येनजर गर्दै दुई दिन यातायात सुचारु गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए। यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै हुँदै…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन एक लाख १८ हजार ६००…

Read More

चीनको कोइला खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु

चितवन –  चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे ज्यान गएकाे छ । ६ जना बेपत्ता भएका छन् । खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ । विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे…

Read More

दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु

चितवन –  अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो। उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्य भएको जनाइएको छ ।

Read More

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

चितवन –  उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने…

Read More

घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको मृत्यु

चितवन –  सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएकाे छ । सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजाे जलेर ज्यान गएकाे हाे । लुगामा आगाे सल्किएपछि घाइते भएकी उहाँकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे हाे ।

Read More

काठमाडौँ महानगरले ४ हजारलाई निःशुल्क साइबर सुरक्षा तालिम दिदै

काठमाण्डौ –  काठमाडौँ महानगरपालिकाले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धि निःशुल्क तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजना अन्तर्गत महानगरले ४ हजारलाई साइबर सुरक्षा तालिम दिने भएको हो । तालिम माघ २ गतेदेखि सुरू हुनेछ । तालिमका लागि महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेको छ । ईसी…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद…

Read More

‘कुटुमा कुटु” बन्यो युट्युबमा २० करोड भ्युज प्राप्त गर्ने पहिलो नेपाली गीत

चितवन –  युट्युबमा २० करोड भ्युज प्राप्त गर्ने पहिलो नेपाली गीत ‘कुटुमा कुटु’ बनेको छ । चलचित्र ‘२ रुपियाँ’मा समावेश यो गीतले शुक्रवार नयाँ रेकर्ड कायम गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै गीतका रचनाकार तथा सङ्गीतकार राजनराज शिवाकोटीले खुसी  बाँड्दै गीत बन्दाको कथा र शब्द लेखिएको पानाको फोटो शेयर गरेका छन् ।…

Read More

आजको मौसम

चितवन –  हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल तराईका अधिकांश स्थानहरू हुस्सु-कुहिरोले ढाकेको महाशाखाले बताएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली…

Read More