सिमाना जोडिएका पर्साका नाका बन्द

चितवन –  भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । वीरगन्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म…

Read More

घट्यो सुनको मूल्य

चितवन –  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८००  रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख…

Read More

टिप्परको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु

चितवन –  ललितपुरको ग्वार्कोमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ। बुधबार राति १० बजे आसपास ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी बिएन्डबी अस्पताल…

Read More

भारतमा बढ्दै बर्डफ्लूको प्रकोप

भारतको झारखण्ड राज्यमा बर्डफ्लूको प्रकोप बढेको भन्दै कुखुरा तथा हाँस मार्न थालिएको छ । झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लु भेटेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउदै हाँस तथा कुखुरा नष्ट गर्न थालेका हुन् । पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले त्यस क्षेत्रको कुखुरा फार्ममा अहिलेसम्म  सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको…

Read More

आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै

चितवन –  शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल जेठ १० गते बिहीबार तदनुसार सन् २०२४ मे २३ तारिख। वैशाख शुल्क पक्षको पूर्णिमा तिथि। बुद्ध जयन्ती तथा उभौली पर्व। चन्द्रमा अनुसार दैनिकि बारे भविष्यवाणी गरिन्छ जस अनुसार आज तपाईंको दैनिकी यस्तो रहेको छ। मेष : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। खानपानमा ख्यालन नगर्दा…

Read More

साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

चितवन –  बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ । विसं २०७३ असोज ९ गते ३० महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । कालीगण्डकी नदीमाथि बन्न थालेको एक सय मिटर लामो मोटर गुड्ने पुल रसुवारश्री गीतारफेवा जेभीले पटकपटक म्याद थप गरे…

Read More

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कायम

चितवन –  सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ताेलाकाे एक लाख ४० हजार नौ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ…

Read More

बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व सङ्कलन

चितवन –  बारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी दुई करोड ४३ लाख १५ हजार पाँच…

Read More

दुई जना मानिसको ज्यान लिएको बाघको मृत्यु

चितवन –  मकवानपुरको मनहरीमा दुई जना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । शिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । अस्ति शनिवारदेखि बिरामी परेको बाघ हिजो मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । १० वर्षकाे यो बाघ सौराहाको खोरमा राखिएको थियो । बाघलाई…

Read More