विवाहित पुरुषलाई हनी ट्र्यापमा पारी लुटियो ३ लाख बढी रकम
काठमाडौं – श्याम शर्मा (नाम परिवर्तन)लाई सामाजिक सञ्जाल फेसबुकमा अनिता मगरको नामबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । प्रोफाइल हेर्दा राम्रै देखिएपछि श्यामले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्छन् । रिक्वेस्ट एसेप्ट हुनासाथ अनिता उनीसँग मेसेन्जरमा कुराकानी गर्न थाल्छिन् । कुरा गर्दै जाँदा अनिता मेसेजमै श्यामलाई काठमाडौंको कुनै एउटा होटेलमा भेट्न बोलाउँछिन् । महिलाले राम्रै नियतले बोलाएकी हुन सक्छिन्…
