नारायणीमा पानीको बहाव बढ्यो: गण्डक ब्यारेजका ३६ वटै ढोका खुल्ला
चितवन– नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ । ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि ब्यारेज पुरानो भईसकेकाले सतर्कता…

