JIN0TkF.gif

प्रचण्ड र ओलीको घर घेर्छौँ – दुर्गा प्रसाईँ

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् ।  भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै हिजोदेखी ‘ब्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईँले दुखित चेलीबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् । ‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौ,’ प्रसाईँले भने, ‘अब उनीहरूले उहाँहरूको जिम्मा लिनुपर्नेछ ।’  उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईँहरू आउनु भएन भने भोलि तपाईँहरूको धनीपुर्जा पनि हुन्न् ।’ 

Read More

प्रहरीमाथि ढुंगा प्रहार गर्ने दुर्गा प्रसाईका ५ जना समर्थक पक्राउ

चितवन –  राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार भएको आन्दोलनमा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोप ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार सुन्धाराबाट १ जना र थापाथलीबाट ३…

Read More

छुवाछुत कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई ४ महिना कैद

चितवन  – पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको छ । जातीय भेद्भाव तथा छुवाछुतसम्बन्धी कसुरमा अधिकारीलाई हिजो अदालतले सजायको आदेश गरेको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई कैद र जरिबानाको आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले…

Read More

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर

जाजरकोट– जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर…

Read More

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, (सुचीसहित)

काठमाण्डौ  –  नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सरुवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरुवा गरेको हो ।

Read More

आज बन्दको कुनै कार्यक्रम छैन – दुर्गा प्रसाई

काठमाडौं – केही दिनयता काठमाडौंको जनवीजन अन्योलग्रस्त छ । मंसिर ७ गते महेश बस्नेत र दुर्गा प्रसाईंका कार्यकर्तावीच झडप हुने डरले यहाँका विद्यालय कलेजसमेत बन्द भए । आखिर प्रर्दशन एउटा क्षेत्रमा केन्द्रित भए पनि यातायात अवरुद्ध भएन । तर, सरकारले सुरक्षा दिनुको साटो आफैं गाडी नचलाउन उर्दी गरेका कारण मानिसहरु सडकमा कमै निस्किए । अधिकांश पसलहरु…

Read More

प्रचण्डलाई महेश बस्नेतले दिए चेतावनी

चितवन –  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सच्चिन आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्ड नसच्चिए सिंहदरबारबाट गलहत्याएर निकालिदिने चेतावनीसमेत दिएका छन् । “प्रधानमन्त्रीलाई चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुस्,” बस्नेतले भने, “तपाईं सच्चिनु भएन भने सिंहदरबारबाट निकाल्छौँ ।”…

Read More

दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

चितवन  –  बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले राेकेकाे थियाे । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे हाे । प्रहरीले उनीहरूमाथि पानीकाे फाेहरासमेत प्रहार गरेकाे छ । प्रहरीले अहिले प्रदर्शनकारीलाई बल्खुमै…

Read More

३ महिनाभित्र नेपालमा दर्ता नभए फेसबुक, इन्स्टाग्राम, गुगल, ह्वाट्सएप पनि बन्द हुने

चितवन – सरकारले अबको तीन महिना भित्र नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्न सक्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकबाट स्वीकृत सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० मा यस्तो व्यवस्था गरिएको हो । “यस दफा बमोजिम सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ,” उक्त दफाको उपदफा ७…

Read More

एकै परिवारका ३ जना मृत फेला

चितवन  –  धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ६ वर्षकी छोरी आसिकी सकुशल रहेकी छन् । गएराति घरायसी विवादमा झगडा भएपछि बुबा टीकारामले छोरीलाई छिमेकीको…

Read More