JIN0TkF.gif

भरतपुर अस्पताललाई लायन्स क्लबद्वारा हेमोडायलासिस मेसिन प्रदान

भरतपुर चितवन  –  लायन्स क्लबले भरतपुर अस्पताललाई तीन थान हेमोडायलासिस मेसिन हस्तान्तरण गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललाई क्लबले तीन थान मेसिन औपचारिकरुपमा हस्तान्तरण गरिएको हो । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालले अस्पताललाई उक्त मेसिन गत असारमै उपलब्ध गराएको थियो । त्यसलाई औपचारिकरुपमा…

Read More

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

चितवन –  तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा  वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ । वैकुण्ठ चतुर्दशीको अवसर पारेर गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए । बिहान ७ बजे देवघाटधामको वेणी सङ्गमबाट सुरु भएको परिक्रमा तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर…

Read More

भरतपुर–२ लाई डिजिटल वडा बनाइँदै

भरतपुर चितवन  –  भरतपुर महानगरपालिका वडा नं–२ ले डिजिटल वडा निर्माणका लागि तथ्याङ्क संकलनको काम गर्न लागेको छ । यस वडाले आगामी आइतबारबाट महानगरमै पहिलोपटक डिजिटल वडा प्रोफाइलका लागि तथ्याङ्क संकलनको काम गर्न लागेको वडाध्यक्ष मनोज रानाभाटले बताए । वडाले डिजिसप्ट डेभलपर्स प्रालिको प्राविधिक सहयोगमा ‘डिजिटल वडा प्रोफाइल’ निर्माणका लागि शुक्रबार एकदिने अभिमुखीकरण कार्यक्रम चलाएको…

Read More

आज महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाण्डौ –  एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् । एक वर्षको अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य…

Read More

झापा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता देखाएपछि यस्तो बन्यो आजको कार्यक्रम

झापा –  पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उनी बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शुक्रबार झापा पुगेका हुन् । झापा पुगेर उनी धुलाबारीको होटल मेची क्राउनमा बसेका छन् । त्यहाँ उनले भेटघाटको कर्यक्रम समेत जारी राखेका छन् । आज धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ७ हजार मोटरसाइकलको र्‍यालीको आयोजना गरिदैछ…

Read More

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा १ नेपालीको मृत्यु

चितवन –  आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।…

Read More

क्रिकेट रंगशालामा सरसफाइ अभियान सुरू

भरतपुर चितवन –  लामो समयदेखि अलपत्र अवस्थामा रही काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सरसफाइ सुरू गरिएको छ । शुक्रबार भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरू गरेको हो । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा अहिले काँसघारीले भरिएको छ । तीन अर्ब…

Read More

दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् । काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भूलगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रसाईंका सचिवालयले आफ्ना ५० भन्दा बढी समर्थक पक्राउ परेको र साँझसम्म यसबारे आधिकारिक जानकारी दिइने जनाएको छ ।

Read More

नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला

भरतपुर चितवन – चितवनको नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला…

Read More

बाघको आक्रमणबाट चितवनको राप्तीमा १ को मृत्यु

चितवन  –  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज शुक्रवार बिहान पौने १० बजेतिर पौडेल मनहरी गाउँपालिका–६ लोथारको राप्ती दोभानमा घाँस काट्न जानुभएको थियो । त्यही समयमा बाघको…

Read More