JIN0TkF.gif

भारतले दिएको १५ वटा मुर्रा राँगा आज नेपाल आइपुग्दै

चितवन  –  भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल–भारत कृषि…

Read More

भरतपुरमा भेटियो बोराभित्र महिला र पुरूषको शव

भरतपुर चितवन –  बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो। अहिले उक्त शब पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । शबबारे कुनै पहिचान हुन सकेको छैन।…

Read More

आजबाट रत्ननगरमा चित्रसारी मेला सुरु

रत्ननगर चितवन  –  पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ मा आज  देखि चित्रसारी मेला लागेको छ । हरेक बर्ष हरिबोधनी एकदशीको अबसरमा लाग्ने सो मेला यस बर्ष आज देखि तीन दिन सम्म लाग्ने छ ।मेलाको मुख्य दिन भने भोली बिहीवार हो । विहीबार मेलामा अत्याधिक भीड हुनेभएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । मेलामा…

Read More

भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्सिर ७ गते भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो । कार्यालयले आज…

Read More

राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौ –  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

Read More

टिकटकका लागि फ्रि भीपीएन र ओपन डीएनएस प्रयोग नगर्न सरकारको आग्रह

चितवन –  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक चलाउन फ्रि भीपीएन र ओपन डीएनएस प्रयोग नगर्न आग्रह गरेको छ । मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले व्यक्तिगत डेटा चोरी हुने, मालवेयर आउने, गोपनीयता सुरक्षित नहुने, ईमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्ने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता…

Read More

जंगली हात्तीको आक्रमणबाट १ को मृत्यु

झापा –  झापामा जङ्गली हात्तीको आक्रमणबाट एक भुटानी शरणार्थीको मृत्यु भएको छ । दमक नगरपालिका- ३ स्थित बेलडाँगी शरणार्थी शिविर सेक्टर नम्बर बी टु, हट नम्बर २५२ मा बस्ने ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । तामाङ हम्सेदुम्से सामुदायिक वनभित्र साइकल चढेर दाउरा काट्न गएका थिए…

Read More

भोलि हुने प्रदर्शनको बारे दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्दै

चितवन –  मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारीमा रहेका प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । भोलि हुने प्रदर्शनको तयारी र व्यवस्थापनका बारेमा जानकारी दिनका लागि  पत्रकार सम्मेलन गर्न…

Read More

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप ४ अर्ब बढ्ने

चितवन –  नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब रूपैयाँ बढ्ने भएको छ। सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो। सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नवीनमान श्रेष्ठले आयोजनाको लागत ४ अर्ब रूपैयाँ बढ्ने बताए। ‘सुरुङ मार्ग १३ अर्ब…

Read More

भरतपुरमा छत तथा टिनको पानी व्यवस्थापन नगर्ने घरधनीलाई कडाई

भरतपुर चितवन –  भरतपुर महानगरपालिका वडा नं–१ को कार्यालयले छत तथा टिनको पानी व्यवस्थापन नगर्ने घरधनीलाई कडाइ गरेको छ । वडा कार्यालयले सेवा लिन आउँदा छत तथा टिनको पानी व्यवस्थापन गरेको फोटो अनिवार्य ल्याउन आग्रह गरेको छ । भरतपुर–१ का वडाध्यक्ष केशव महर्जनले मंगलबार एक सूचना जारी गरी छत तथा टिनको पानी व्यवस्थापन नगर्ने घरधनी…

Read More