JIN0TkF.gif

इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

चितवन –  पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा…

Read More

पुसभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने

चितवन  –  पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो । आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले…

Read More

आजदेखी फेरि रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा चल्दै

काठमाण्डौ – काठमाण्डौको रत्नपार्क–भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आउँदैछ । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो । यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् । आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे…

Read More

नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए बर्खास्त गरिने

चितवन –  नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन (गैरहाजिर) रहेका पाइएको छ । लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ । गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् । प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ४ जना, प्रहरी जवान १७ जना र…

Read More

विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा १ को मृत्यु ३९ जना घाइते

उदयपुर –  उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो। मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक भिखन चौधरीको…

Read More

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ –  अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।  आर्थिक वर्ष २०८०-८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन…

Read More

पोखरा पुग्यो ७ वटा मुर्रा राँगो, फूलमालासहित ताली बजाएर स्वागत

 कास्की  –  भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ । भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको…

Read More

अब इलेक्ट्रिक साइकलमा पनि कर

चितवन –  नेपालमा बिजुली साइकलको समेत ‍कर लिइने भएको छ । भन्सार विभागले सबै भन्सार कार्यालयहरूलाई पत्र लेख्दै इलेक्ट्रिक स्कुटर जस्तो देखिने साइकलमा पनि सडक कर उठाउन निर्देशन दिएको हो । भन्सार कार्यालयहरूले विद्युतीय साइकल भनेर पैठारी भएको वस्तुको वर्गीकरण सम्बन्धमा द्विविधा भएको गुनासाे गरेपछि भन्सार विभागले पत्र लेख्दै त्यस्ता साइकलमा इलेक्ट्रिक सरह कर उठाउन भनेकाे…

Read More

चलचित्र ‘फर्की–फर्की’ को शुभमुहूर्त, मङ्सिर ११ गतेदेखि फ्लोरमा

चितवन  –  नेपाली कथानक चलचित्र  ‘फर्की फर्की’ को ललितपुरको बगलामुखी मन्दिरमा शुभमुहूर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनीत दृश्यको छायाङ्कन गरिएको हो । चलचित्र प्रेम कथानक भए पनि अघिल्ला भन्दा फरक छ र प्रेममा आएको नयाँपनलाई प्रस्तुत गरिएको अभिनेता केसीले बताए । ् निर्देशक…

Read More

ट्राभल एजेन्सीको सिस्टम ह्याक गरी २ करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ

चितवन  – ट्राभल्स कम्पनीको युजर आईडी सिस्टम ह्याक गरी झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ठगी गरेको आरोपमा स्याङ्जा घर भई हाल काठमाडौं सामाखुसी बस्दै आएका मर्स्याङ्गदी ट्राभल्सका व्यवस्थापक (मेनेजर)  ३३ वर्षीय नारायण सुवेदीलाई मङ्गलबार पक्राउ गरेको हो । ब्युरोका अनुसार आरोपित…

Read More