JIN0TkF.gif

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नारायणी नदी तटबन्धको अनुगमन

भरतपुर चितवन –  भरतपुर महानगर प्रमुख रेनु दाहालसहितको टोलीले आइतबार नारायणी तटबन्धको कार्यप्रगतिबारे  निरीक्षण गरेको छ । तटबन्धको पहिलो चरणको २० किलोमिटरमध्ये आठ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कूल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षात्को समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाएकी हुन् । आयोजनाका अनुसार अहिले पाँचवटा प्याकेजको…

Read More

इलाम र बझाङमा आज मतदान हुँदै

चितवन –  इलाम क्षेत्र नम्वर–२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन् । सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन् । इलाम–२ बाट प्रतिनिधि सभा…

Read More

चितवनको कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

चितवन  –   चितवनको कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो । त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गएपनि व्यवसयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए…

Read More

कांग्रेस नेता एवम् पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

चितवन –  जिल्ला अदालत रौतहटले कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले हिजो अफतावसहित उनका भाइ महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला सुनाएको हो । पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति राजपुरको फरदवा गाउँमा भएको…

Read More

देशभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढ्यो

चितवन –  काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ ।वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर…

Read More

बढ्यो पेट्रोलको मुल्य

चितवन –  नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो । काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल…

Read More

रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु

चितवन –  रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले  बिहीबार वक्तव्य जारी गर्दै रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको बताएको हो । मन्त्रालयका अनुसार पछिल्लो पटक ज्यान गुमाउनेमा पूर्णबहादुर गुरुङ (धादिङ), नवीन शाही (जाजरकोट), पदमबहादुर घिमिरे (उदयपुर), गंगाराम अधिकारी (झापा), जितबहादुर विक (बाग्लुङ),…

Read More

शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, रिपोर्टमा परिवारको आपत्ति

रत्ननगर चितवन –  चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोस्टमार्टम रिपोर्ट आएको छ । आइतबार सार्वजनिक पोस्टमार्टमको रिपोर्टमा मृत्युको कारण ‘ह्यांगिङ’ उल्लेख छ । तर, पीडित परिवारले भने अस्पतालले सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गरेको  छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालले अनुसन्धानको एउटा पाटो सकिए पनि सूक्ष्म विस्तृत छानबिन भइरहेको जानकारी दिए । ‘प्रारम्भिक हिसाबमा…

Read More

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

चितवन –    आइतबार भएको वर्षाले पूर्व–पश्चिम राजमार्गको नवलपरासीमा पर्ने चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । सडक स्तरोन्नतिका लागि भित्तो काट्ने काम भइरहेकाले हिजो पानी परेपछि रातो माटो बगेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको हो । सडक चिप्लो भएर गाडी चलाउन पनि समस्या रहेको प्रहरीले जनाएको छ । हिजै रातिदेखि सडक अवरुद्ध हुँदा…

Read More

शालिनको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

चितवन –  चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । मृतक शालिनको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको उल्लेख गरेको बताइएको छ । शालिनको परिवारले उक्त विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल…

Read More