एनपीएलमा आज काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दै
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अस्तिदेखि शुरू भएको पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन्…

