JIN0TkF.gif

गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौ – गोरखाको शहीद लखन गाउँपालिकाको टोलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनले आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिमप्राप्त स्वास्थ्यकर्मी…

Read More

एनपीएल” मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार उपहार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा ग्रुपले बिजुली कार उपहार दिने घोषणा गरेको छ । मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ ले पुरस्कार स्वरूप ओमाेडा ई-५ कार पाउने भएका हुन् । नेपाली बजारमा याे कारकाे मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेकाे…

Read More

यस्तो रहनेछ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको महाशाखाले जनाएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम…

Read More

चितवनमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

भरतपुर चितवन –  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन्…

Read More

आज पनि घट्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला दुईहजार ६ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन एकलाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १५ हजार ९ सय घटेर सुन प्रतितोला १ लाख ५१ हजार तीनसय…

Read More

एनपीएलको टिकट, ३०० देखि १००० रुपैयाँसम्म

काठमाण्डौ – आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका…

Read More

अवरुद्ध राहदानी सेवा पूर्ण रुपमा सञ्चालनमा

काठमाण्डौ – कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो । सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको…

Read More

प्रेस काउन्सिलद्वारा १० युट्युब च्यानल तथा पेजमाथि कारबाही

काठमाडौ –  प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण सामग्री सम्प्रेषण गरेको आरोपमा १० ओटा युट्युब च्यानलसहित सामाजिक सञ्जाल पेजहरूलाई कारबाही गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले १० युट्युब च्यानलसहित सामाजिक सञ्जालका विभिन्न पेजलाई कारबाही गरेको जानकारी दिएको हो । यसअन्तर्गत काउन्सिलको कारबाहीमा परेका युट्युब च्यानल र पेजमा नेपाल वन एचडी, मिसन टुडे, ऋणी एसोसिएसन,…

Read More

राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन थप केही दिन लाग्ने

काठमाण्डौ – राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेपछि गएको बुधवारदेखि राहदानी वितरणको काम ठप्प छ । हिजोदेखि आंशिक रुपमा काम शुरू  भएको र पूर्ण रूपमा काम शुरू हुन एक, दुई हप्तासम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै…

Read More

फिलिपिन्समा भीषण आगलागीमा परी दुई हजार परिवार घरविहीन

फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार परिवार घरविहीन भएका छन् । मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले आगलागीबाट झण्डै एक हजार घरटहरा जलेर नष्ट भएका जानकारी गराउनुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको बस्तीको आगो निभाउन हेलिकप्टरहरू…

Read More