मुख्य समाचार
JIN0TkF.gif

बाघको आक्रमणबाट १ महिलाको मृत्यु

बर्दिया –  बर्दियाको मधुवन नगरपालिका-३, भग्रैयामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ। स्थानीय ५५ वर्षीया कली वंशी मगरको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो। शुक्रबार दिउँसो १ बजे घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी महिलाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए। बाघले आक्रमण गरी उनलाई जंगलतर्फ पुर्याएको…

Read More

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

चितवन –  स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । वालिङ नगरपालिका-६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएकाे हाे । माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । पक्राउ…

Read More

माडीको मगोई खोलामा डुबेर १ को मृत्यु

माडी चितवन –  माडीको मगोई खोलामा नुहाउन गएका एक पुरूषको पानीमा डुबेर मृत्यु भएको छ ।माडी नगरपालिका ५, जङ्गेटोल निवासी अन्दाजी ४५ वर्षका गंगाबहादुर विश्वकर्माको मगोही खोलामा डुबेर मृत्यु भएको हो । बिहीबार दिउँसो श्रीमती र छोरीसहित रेडहिल पार्क घुमेर घर फर्किने क्रममा खोलामा नुहाउन गएका विश्वकर्मा पानीको गहिरो भागमा पर्दा डुबेका थिए । उनलाई…

Read More

सर्पको टोकाइबाट सुत्केरीसहित २ जनाको मृत्यु

रुकुम –   रुलुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको ज्यान गएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर १ जगल गाउँकी ६१ वर्षकी गङ्गी पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । २२ वर्षकी विष्टलाई  मङ्गलवार दिउँसो बारीमा घाँस काट्ने क्रम…

Read More

भ्यानमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ जना घाइते

काठमाण्डौ –   काठमाण्डौको बसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गएराति पौने १ बजे प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकलका चालक सङ्खुवासभाको मकालु गाउँपालिका-१ का २७ वर्षका दावा दोर्जे शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।…

Read More

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

रूकुम –  रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ। चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनालाई आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो । खोलाले बगाएका मनोजको शव १५० मिटर र भावनाको शव ८ सय…

Read More

चट्याङ लागेर जाजरकाेटमा १ जनाको मृत्यु

चितवन –   चट्याङ लागेर जाजरकाेटमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर आज आइतवार बारेकोट गाउँपालिका–५ की ३६ वर्षीया रेवती सिंहकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । बाख्रा चराएर घर फर्कने क्रममा चट्याङ पर्दा घटनास्थलमै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष रोक्काले जानकारी दिनुभयो ।

Read More

नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भरतपुर चितवन –  चितवनको  भरतपुर २  नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको…

Read More

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

चितवन –  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको…

Read More

दक्षिण अफ्रिकाको १ भवनमा आगलागी हुँदा ७३ को मृत्यु

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छ। अन्य ५० जनाभन्दा बढी घाइते भएका छन्। दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ को शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन्। उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार…

Read More