JIN0TkF.gif
JINuGe4.gif

बाघको आक्रमणबाट १ महिलाको मृत्यु

बर्दिया –  बर्दियाको मधुवन नगरपालिका-३, भग्रैयामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ। स्थानीय ५५ वर्षीया कली वंशी मगरको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शुक्रबार दिउँसो १ बजे घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी महिलाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए। बाघले आक्रमण गरी उनलाई जंगलतर्फ पुर्याएको थियो।

खोजी गर्ने क्रममा सम्झना सामुदायिक वनमा एउटा हात बाघले खाएको अवस्थामा शव फेला परेको अधिकृत शर्माको भनाइ छ। खाता जैविकमार्ग क्षेत्रमा बाघ लगायतका वन्यजन्तुको दिनहुँ त्रास रहेको स्थानीय शरद राईले बताए। यतिखेर मानिसहरू च्याउ खोज्न जंगल जानेक्रम बढेको छ।

जंगल नजिकै बस्ती र बस्तीका मानिस जंगल जाने कारणले पनि बाघ आक्रमणको जोखिम कायमै रहेको राईको भनाइ छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000