JIN0TkF.gif

पुर्वी चितवनमा अटो दुर्घटना हुँदा २ जना घाइते

रत्ननगर चितवन – पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–४ देबौलीमा अटो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । टाँडीबाट सौराहा जाँदै गरेको ना २ ह ३१९४ नम्बरको अटो दुर्घटनामा अटो चालक रत्ननगर–२ बस्ने ५३ वर्षीय बुद्धिमान लामा र नवलपरासीको बर्दघाट–४ बस्ने २८ वर्षीया बिन्दु गौतम घाइते भएका छन् । घाइते…

Read More

भारतमा ढुङ्गाखानीमा पुरिएर २७ जनाको मृत्यु

चितवन – भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक पनि बगाएको छ । मिजोरमको अरू राज्यसँगको यातायात सम्पर्क टुटेको बीबीसी हिन्दिले जनाएको…

Read More

खोलाले बगाउँदा २ जना बेपत्ता

चितवन  –  दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा…

Read More

नारायणगढ- मुग्लिन सडकमा ४ गाडी आपसमा ठोकिदा १ को मृत्यु

चितवन – नारायणगढ- मुग्लिन सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडी एकैठाँउमा आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । काठमाण्डौबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नंम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको…

Read More

भरतपुरमा स्कुटरको ठक्करबाट एक जना घाइते

चितवन –  भरतपुर महानगरपालिका वडा नं–१६, घुम्ती चोकस्थित स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धा घाइते भएकी छन् । बागमती प्रदेश ०६–०१ प ११५१ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–१६ बस्ने ७३ वर्षीया सरस्वती अधिकारी घाइते भएकी हुन् । टाउकोमा चोट लागी घाइते भएकी वृद्धाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर र चालक भरतपुर–१६…

Read More

गाडीको ठक्करबाट दुई जनाको मृत्यु

चितवन – मकवानपुरमा गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै ठाउँमा भएको घटनामा दुई जनाको ज्यान गएको हो । हेटौँडा उपमहानगरपालिका–३ मा ना १ ज ७५६० नम्बरको भ्यानले ठक्कर दिँदा हेटौँडा–१२ बनस्पति बस्ने श्यामबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्यस्तै मनहरी गाउँपालिका–६…

Read More

पार्कमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

चितवन –  भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्ययम दैनिक भास्करका अनुसार गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी २८ जनाले ज्यान गुमाएका हुन् । उनीहरूको…

Read More

विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

चितवन –  मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै…

Read More

टिप्परको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु

चितवन –  ललितपुरको ग्वार्कोमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ। बुधबार राति १० बजे आसपास ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी बिएन्डबी अस्पताल…

Read More

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

चितवन –  पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आज बिहान अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल…

Read More