अपराध
केटीको फेक आईडी बनाई ब्लाकमेल गरेको आरोपमस चितवनबाट ३ जना पक्राउ
भरतपुर चितवन – केटीको फेक आईडी बनाई सामाजिक संजाल मार्फत ब्लाकमेल गरी फिरौती रकम माग गर्ने ३ जना पक्राउ परेका छन। केटीको फेक फेसबुक अकाउन्ट बनाई विभिन्न पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाई पुरुष व्यक्तिसँग भिडियो कल गरी झुक्याई गोप्य फोटो तथा भिडियोलाई स्क्रिन रेकर्ड तथा स्क्रिन सट गरी उक्त फोटो…
भरतपुरबाट लागुऔषध सहित युवती पक्राउ
भरतपुर चितवन – चितवनको भरतपुर महानगरपालिका वडा नं–२६, सिमरी टाउनमा बुधबार बिहान ४ः०० बजे इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका वडा नं–२६ स्थित २८ वर्षीया मुना लामाको घरमा खानतलासी गर्दा एक ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध, नगद ६७ हजार ६७० रुपैयाँ नेपाली नोट, १५० रुपैयाँ…
लाइसेन्स बनाइदिन्छु भन्दै रकम ठगी गर्ने १ जना पक्राउ
चितवन – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्वत फलेवास नगरपालिका वडा नं. २ थापाठाना बस्ने ५० वर्षीय राजकुमार थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपित थापाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (Electronic Driving License (EDL)) सवारी…
५ लाख रुपैयाँ घुससहित वडाअध्यक्ष पक्राउ
बारा – बारामा पाँच लाख रुपैयाँ घुससहित एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीले बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेबाट…
चितवनमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ
चितवन – आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका -३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो…
नक्कली कागजपत्र बनाई विदेश पठाउने गिराेहका ३२ जना पक्राउ
चितवन – नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी अहिलेसम्म ३२ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । काठमाण्डौ उपत्यका…
भरुवा बन्दुकसहित एक जना पक्राउ
चितवन – भरुवा बन्दुकसहित मकवानपुरबाट एक जना पक्राउ परेका छन् । बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको हाे । नेसुरले आफ्नो घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिगनबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त हातहतियारसहित उनलाई पक्राउ गरेको हो । …
बिरामी बोकेको एम्बुलेन्सबाट चरेस सहित चालक पक्राउ
चितवन – बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ । २ किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो । एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेस…
अश्लील भिडियो बनाई पुर्वप्रेमिकाको श्रीमानलाई पठाउने चितवनका १ युवक पक्राउ
चितवन – सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् । प्रहरीका अनुसार पीडित महिला र युवकबीच…
पार्किङमा रहेको बस चोरी गरि चितवन ल्याउदै गरेका १ युवक पक्राउ
चितवन – पोखरामा रोकिराखेको बस चोरेर चितवन ल्याउदै गर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको हो । शुक्रबार राति चितवनको भरतपुर नगरपालिका –११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ…

