अपराध
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
काठमाडौ – दमौलीको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो । सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पञ्चबहादुरले…
मौरिसस पठाइदिन्छु भन्दै ६ लाख ५० हजार ठगी गर्ने १ जना पक्राउ
काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया विमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा…
बुल्गेरिया पठाइदिने भन्दै ५ लाख ४० ठगी गर्ने दम्पती पक्राउ
काठमाडौ – वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाण्डौको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले बुल्गेरिया पठाइदिने भन्दै तीन जनाबाट पाँच लाख ४० हजार रुपैयाँ…
घनले टाउकोमा प्रहार गरि हत्या गर्ने एक जना पक्राउ
चितवन – हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा मङ्गलबार प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । गएराति १० बजेको समयमा थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक…
सूर्यदर्शन सहकारी ठगी आरोपमा थप १ जना पक्राउ
काठमाडौ – सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्था ठगी आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी मुसीकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्षीया ३२ लीला पछाई रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन,…
वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा श्रीमान्ले गरे श्रीमतीको हत्या
चितवन – वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । मङ्गलबार बाराको निजगढ नगरपालिका-९ मा अन्दाजी ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटना विवरण अनुसार बस्नेत बेलुका पौने ८ बजेतिर रक्सी पिएर घर फर्किएका थिए । त्यही क्रममा वाई-फाईको…
अबैध औषधिसहित चितवनको भरतपुरबाट २ जना पक्राउ
चितवन – अबैध औषधिसहित चितवनको भरतपुरबाट २ जना पक्राउ परेका छन। नेपाल औधषी ब्यवसायी संघ जिल्ल शाखा चितवन र मेडिकल स्ट्रकिष्ट कल्व अफ नारायणगढका पदाधिकारी एवम सदस्यहरुले बजार अनुगमन गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नं.१० अस्पताल रोड स्थित सडक खण्डमा बागमती प्रदेश ०१-०२६ च २१८२ नं.को भ्यानमा बिना बिल बिजक औषधी जन्य सामान ZENEGRA…
१३ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने ६ जना पक्राउ
चितवन – नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक शटर हस्तान्तरण गर्ने भनेर विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने छ जना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका शान्तिरमण पङ्गेनी, काठमाण्डाैका नरेन्द्र बज्राचार्य, राजु महर्जन, ललितपुरका राजेशकृष्ण श्रेष्ठ, पाल्पाका निरञ्जनकुमार श्रेष्ठ र कास्कीका चिरञ्जीवी पौडेल रहेका प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी…
फेसबुकमा साथी बनी यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने १ युवक पक्राउ
चितवन – सामाजिक सञ्जाल फेसबुकमा महिलाहरूलाई साथी बनाउने, यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्दै ३० वर्षीय सन्तोष किसान रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी किसानलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको…
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ
चितवन – नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६, बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो…

