JIN0TkF.gif

पेस्तोल चोरी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ–  सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई व्यक्तिलाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ । गत असार ३० गते चोरी भएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोक…

Read More

८५ लाख बढिको धनमाल चोरी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाडाैं ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठबस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो…

Read More

चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर–  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गएराति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ । चक्कु प्रहारबाट गम्भीर…

Read More

मध्यरातमा घरेलु हतियार प्रयोग गरि नगद तथा सुन लुटपाट गर्ने २ जना पक्राउ

काभ्रे –  घरेलु हतियार प्रयोग गरी घरधनीलाई कुटपिट गरि शुक्रबार मध्यराती लुटपाट भएको छ। रोशी गाउँपालिका- ५ डुम्बलमा रहेको कामी सिङ्ग लामाको घरमा नगद र सुन लुटपाट गर्ने २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्। लामाको घरमा अनुहारमा खादा बेरेको अपरिचित ३ जनाले रड र घरेलु हतियार प्रयोग गरि श्रीमान र श्रीमतीलाई कुटपिट गरि…

Read More

विवाहित पुरुषलाई हनी ट्र्यापमा पारी लुटियो ३ लाख बढी रकम

काठमाडौं –  श्याम शर्मा (नाम परिवर्तन)लाई सामाजिक सञ्जाल फेसबुकमा अनिता मगरको नामबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । प्रोफाइल हेर्दा राम्रै देखिएपछि श्यामले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्छन् । रिक्वेस्ट एसेप्ट हुनासाथ अनिता उनीसँग मेसेन्जरमा कुराकानी गर्न थाल्छिन् । कुरा गर्दै जाँदा अनिता मेसेजमै श्यामलाई काठमाडौंको कुनै एउटा होटेलमा भेट्न बोलाउँछिन् । महिलाले राम्रै नियतले बोलाएकी हुन सक्छिन्…

Read More

हत्कडीसहित फरार अभियुक्त पक्राउ

बारा ।  बाराको टांगियाबस्तीबाट हत्कडीसहित फरार भएका सागर लामालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार हतियारसहित पक्राउ परेका लामालाई स्थानीयले नियन्त्रणमा लिई भगाएका थिए। स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीका वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाहीसहित दुईजना घाइते भएका थिए। लामालाई बाराको निजगढ बजारबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रमुख होवीन्द्र बोगटीले जानकारी दिए। वन्यजन्तु सिकारका लागि प्रयोग गर्ने…

Read More

पोल्‍याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं ।  पोल्‍याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नयाँबस्ती बस्ने ४५ वर्षीय पुरण अस्लामी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नयाँबस्तीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल…

Read More

सालको काठसहित १ अटो चालक पक्राउ

धनगढी ।  कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन् । मल्ले चलाएको से १ स३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो। काठ र अटोसहित मल्ललाई…

Read More

विष खुवाइ छोरीको हत्या गरेको आरोपमा ३ वर्ष कैद

तनहुँ ।  तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु. ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण…

Read More

कावासोतीमा १०० किलो रुद्राक्षसहित भन्सार छलीको सामान बरामद

नवलपुर । नवलपुरको कावासोतीमा एक सय केजी रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअर्न्तगत कावासोतीको मुख्य बजार थाना चोकमा बेबारिसे अवस्थामा रहेको रुद्राक्ष, लेडिज टप्स ३ सय १० थान, मोटरसाइकलको भाइजर १४ थान, ल्यापटपको ब्याट्री, कफी, पान मसलालगायत सामान बरामद गरेको हो । भारतबाट भन्सार छली गरेर ल्याएको र…

Read More