JIN0TkF.gif

सुतिरहेका आमा र बच्चामाथि मध्यरातमा छुरा प्रहार

बझाङ –   बझाङको एक परिवारमा गयराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार हुँदा तीन जना घाईते भएका छन् । जिल्लाको सुर्मा गाउपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो। घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा…

Read More

कुटपिटबाट घाइते १ युवाको मृत्युपछि ५ जना पक्राउ

रुकुम  –  कुटपिटबाट घाइते भएका एक युवाको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर– ५ का ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र…

Read More

बोरामा बच्चा लुकाएर भारततर्फ लैजाने क्रममा १ जना पक्राउ

सिमरा –   बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। देवताल गाउँपालिका ३ स्थित अमुवाबाट बच्चा चोरी गरी भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पूर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत-४ आधापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिएको हो। आमलमले अमुवाका शिवपुजन महतोका नौ महिनाकी छोरी लक्ष्मी र प्रेमचन्द्र महतोका दुई…

Read More

अबैध रकमसहित २ चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ – अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिजो काठमाण्डौबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । पक्राउ परेका…

Read More

लागूऔषधसहित दुई महिला पक्राउ

जनकपुरधाम – सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका १४ खिरौना लच्कास्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुई महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ रन्जितपुर टोल बस्ने…

Read More

फेसबुकमा अश्लिल गाली गर्ने १ जना पक्राउ

धरान –  फेसबुकलगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो। बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश थापाविरुद्ध अश्लिल शब्द प्रयोग गरि गाली बेइज्यत गरेकाले साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले बताए।…

Read More

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीनजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरिसार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौँ–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान…

Read More

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बाँके –  बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई…

Read More

श्रीमान- श्रीमतीको खोसाखोस र तानातानमा २ महिने नाबालकको मृत्यु

बागलुङ– बागलुङमा दुई महिनाको नाबालकको हत्या गरेको आरोपमा आमा–बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस र तानातान…

Read More

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चित्वनबाट १ जना पक्राउ

चितवन । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक वनमा ललाई फकाई गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चेपाङलाई…

Read More