JIN0TkF.gif

सई हुँ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम असुल्ने एक जना पक्राउ

सिरहा –  सिरहामा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्लाको सीमा क्षेत्रका व्यापारीलाई आफू सई भएको भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनले नक्कली पेस्तोल देखाउँदै व्यवसायीसँग रकम असुल्दै आएका थिए । उनलाई भारतसँग सीमा जोडिएको बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो…

Read More

ड्युटीमा रहेका प्रहरीमाथि धारिलो हतियार प्रहार

चितवन –  इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाल एक युवकको धारिलो हतियार प्रहारबाट घाइते हुनुभएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला नजिक हिजो बेलुका नियमित गाडी जाँचका क्रममा उहाँमाथि धारिलो हतियार प्रहार भएको हो । तीन जना युवा चढेको मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरो प्रहार गर्दा…

Read More

आईफोनको प्रलोभन देखाउँदै ५० लाख ठगी गर्ने २ जना पक्राउ

चितवन –   सामाजिक सञ्चालमार्फत ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पकाउ पर्नेमा पर्सा जिल्ला बहुदामाई नगरपालिका वडा नं. ८ का का ३० वर्षीय राजकुमार पण्डित र रौतहट जिल्ला कटहरीया नगरपालिका नडा नं. १ का २१ वर्षीय उमेशकुमार यादव रहेका छन् । पण्डित र यादवलाई गत भदाै ४ गते ललितपुरबाट पक्राउ गरिएकाे नेपाल प्रहरी…

Read More

पाेखरामा ४ लाख बढी नगदसहित जुवा खेल्दै गरेका ७ जना पक्राउ

कास्की –  कास्कीमा जुवा जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार पोखरा महानगरपालिका–८ मा रहेको लक्ष्मी होटलको भुइँ तलामा जुवा खेल्दै गरेका सात जनालाई पक्राउ गरेकाे वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले जानकारी दिनुभयाे । उहाँका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक इन्द्रबहादुर हिराचन, मुस्ताङका मोहन थकाली, नवीनप्रसाद थकाली,…

Read More

प्रहरी हत्या घटनाः आमाछोरा पुर्पक्षका लागि जेल चलान

चितवन –  बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका…

Read More

प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै २ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

दाङ –  प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाकाे तानसेन नगरपालिका–३ घर भई काठमाण्डाैकाे चन्द्रागिरि बस्दै आएका ५८ वर्षीय नरेश गाैतम रहेका छन् । उनलाई आज बिहीवार काठमाण्डाैबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । गाैतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर…

Read More

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सिन्धुली –   दुधौली नगरपालिका- १० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

अविवाहित युवतीले जन्माएको बच्चा बेच्ने डाक्टरसहित ६ जना पक्राउ

चितवन –  प्रसूति गराउन आएकाहरूबाट जन्मिएका नवजात शिशु अस्पतालबाटै निःसन्तानदम्पतीहरूलाई बिक्री गर्ने गरिएको घटना सार्वजनिक भएको छ । अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निःसन्तानदम्पतीलाई बिक्री गरेको आरोपमा डा. तपेश्वरलाल कर्ण पक्राउ परेसँगै यस्तो खुलासा भएको हो । कोसी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण मात्र नभई यस्तो कार्यमा गिरोह नै लागेको आशंकामा…

Read More

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

चितवन –  सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-४ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन्। पीडित महिलाले फेसबुक म्यासेन्जरमा आएको अपरिचित व्यक्तिको भिडियो कल चिनजानकै व्यक्तिको हो की भनेर रिसिभ गरेको र उक्त भिडियो कलमा अश्लीलता प्रदर्शन गरिरहेको पुरुषले…

Read More

अपहरण गरी बन्धक बनाएकाे आराेपमा ७ जना पक्राउ

दाङ –   दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएकाे आराेपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेकाे आराेपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय…

Read More