JIN0TkF.gif

नारायणीमा पानीको बहाव बढ्यो: गण्डक ब्यारेजका ३६ वटै ढोका खुल्ला

चितवन– नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ । ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि ब्यारेज पुरानो भईसकेकाले सतर्कता…

Read More

नारायणी नदी जल सतह सतर्कता तहभन्दा माथि

चितवन– चितवनस्थित नारायणी नदीको जल सतह सतर्कताको तहभन्दा माथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणी नदीले सतर्कता तह पार गरेको छ । आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर…

Read More

नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक

चितवन –   नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपलब्ध गराइएको विवरणअनुसार एक सय बालिका…

Read More

नवलपुरबाट फरार ९ प्रतिवादी पक्राउ

नवलपरासी –  इलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं–२ बाट अदालतबाट विभिन्न मुद्दामा जरिवाना फैसला भई फरार रहेका नौ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा कुटपिट मुद्दामा फरार रहेका पाल्हीनन्दन गाउँपालिका वडा नं–२ का असपतिदेवी केवट, सनोजकुमार केवट, शोभावती केवट, कुश्मावती केवट, केवली केवट, अमरनाथ केवट र सोना केवट…

Read More

पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

गोरखा –  केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको  पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिए। पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले…

Read More

सुन तस्करी प्रकरणबारे आज एमालेको विशेष पत्रकार सम्मेलन

काठमाडौं –   नेपाल कम्युनिष्ट पार्टी एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। एमाले केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२:४५ बजे विशेष पत्रकार सम्मेलन गर्न लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार  वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा एमाले अध्यक्ष केपी शर्मा ओलीले राख्नेछन्। भन्सारकै गोदाममा इलेक्ट्रिक…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन – आज २०८० साल साउन २८ गते आइतबार। ज्योतिष शास्त्र  अनुसार आज तपाईंको  दैनिकी कस्तो रहेछ छ त? हेर्नुहोस आजको राशिफल मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ।…

Read More

वैदेशिक रोजगारीमा ज्यान गुमाउने श्रमिकका परिवारलाई १० लाख दिइने

काठमाण्डाै –  वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको ज्यान गएमा मृतकका परिवारलाई सात लाख रुपैयाँ दिँदै आएको थियो । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट…

Read More

मदन पुरस्कारका लागि यी ७ पुस्तक छानिए

काठमाण्डौ – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सूचीमा पाँच कृति छन् । गुठीलाई प्राप्त तीन सय १३ पुस्तकहरूबाट छनौटमा परेका सूचीमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष–२०७९ को मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । छनौट भएका पुस्तकहरू : इजोरिया–…

Read More

चितवनमा घट्यो यातायात भाडा

भरतपुर –  बागमती प्रदेश सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएपछि चितवन जिल्लाभित्रको स्थानीय रूटको भाडादरमा पनि समायोजन गरिएको छ । जिल्लाभर स्थानीय सबैतर्फका रूटको भाडादरमा समायोजन गरिएको चितवन यातायात प्रालिका अध्यक्ष खेम आलेले जानकारी दिए । उनका अनुसार माडीको बगईदेखि टाँडीसम्म, गोलाघाटदेखि लोथरसम्मको भाडादरमा समायोजन भएको हो । लामो दूरीको भाडा घटेपछि जिल्लाभित्रका छोटो…

Read More