JIN0TkF.gif

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

चितवन – सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ । कानुन, न्याय…

Read More

इजरायलमा ज्यान गुमाउएका नेपालीको नेपालीको शोकमा आज राष्ट्रिय शोक घोषणा

चितवन –  इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले आज  मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो सोमवार बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने…

Read More

स्मार्ट’चालक अनुमतिपत्र छपाइ रोकियो

चितवन –  कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ। अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र…

Read More

आजदेखी दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

चितवन –  दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान…

Read More

चितवनमा सुपथ मूल्य पसल सञ्चालनमा

भरतपुर चितवन –  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि चाडपर्वलक्षित सस्तो पसल सञ्चालनमा ल्याएको छ । आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले रिबन काटेर पसलको शुभारम्भ गरेका हुन् । मंसिर ३ गतेसम्म चल्ने पसलबाट विशेषरुपमा खाद्यान्न बिक्री हुने कर्पोरेसनका कार्यालय प्रमुख बुद्धिविनोद दाहालले बताए । ‘दसैँ, तिहार र छठ पर्वकेन्द्रित गरेर…

Read More

हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु

चितवन –  हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ । त्यस्तै, आक्रमणमा परी तीन जना घाइते भएको विवरण सार्वजनिक भएको छ । इजरायलस्थित नेपाली दूतावासले जनाएअनुसार मृत्यु हुनेमा कैलालीका नारायण न्यौपाने, बझाङका गणेशकुमार नेपाली, कैलालीका आशिष चौधरी, दार्चुलाका दिपेशराज विष्ट, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

Read More

युद्धमा घाइते भएका एक नेपाली युवा: म मरेँ भने मेरी आमाको औषधी गरिदिनु है

इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् ।  शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले आफू मरेमा सबैले आमाको औषधी गरिदिन आग्रह गरेका हुन् । अनुहार भरी चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट जारी गरेको…

Read More

गाईको गोबरबाट अगरबत्ती र दियो

चितवन –   कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर…

Read More

वर्षाले चितवनका धानबालीमा क्षति

चितवन–  केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुगेको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए । उनका अनुसार चितवनमा एक सातापछि…

Read More

चाडपर्वलक्षित सुपथ पसल आजदेखि संचालन

चितवन –  सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु…

Read More