matribhumionline

वर्ल्डलिङ्कका सबै रिट खारेज

चितवन –  सर्वोच्च अदालतले इन्टरनेट सेवाप्रदायकबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम असुल गर्ने कानुनी बाटो खोलिदिएको छ । रोयल्टी राजस्व र आरटिडिएफ तिर्नु नपर्ने दाबीसहित वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका विभिन्न आठवटा रिट सर्वोच्चले हिजो खारेज गरेपछि साढे तीन अर्बभन्दा बढी रकम राज्यकोषमा दाखिला हुने बाटो खुलेको हो । हिजो सर्वोच्चका न्यायाधीशद्वय…

Read More

खोलामा डुबेर दुई किशोरीको मृत्यु

चितवन –  डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको स्थानीय लम्खेती गाडमा डुबेर मृत्यु भएको हो । गाउँकै तल रहेको लम्खेती गाडमा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए।…

Read More

विद्यालय तोडफोड गरी ल्यापटप सहित विभिन्न विद्युतीय उपकरण चोरी गर्ने ४ नाबालक पक्राउ

चितवन –  विद्यालय तोडफोड गरी ल्यापटप सहित विभिन्न विद्युतीय उपकरण चोरी गरेको आरोपमा चार नाबालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  कास्की मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैको उमेर १८ वर्षभन्दा कम छ । जिप्रका कास्कीलाई शुक्रबार राति पोखरा महानगरपालिका वडा नं. ३३…

Read More

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

चितवन – आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको प्रत्यारोपण गर्ने अमेरिकी अस्पतालले बताएको छ । विश्वमा पहिलो पटक मार्चमा म्यासाच्युसेट्सको जनरल अस्पतालका सर्जनहरूले आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । ६२ वर्षीय ती व्यक्ति अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित थिए । विश्वभर…

Read More

आज देशका यी ठाँउमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

चितवन – आजदेखि मौसममा क्रमिक सुधार भएको छ । यतिबेला गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद चिरञ्जीवि भेटवालकाअनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार सन् २०२४ मे १३ तारिख। वैशाख शुल्क पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार  दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो रहनेछ तपाईंको आजको दैनिकी मेष : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। आर्थिक अवस्था सामान्य रहनेछ।…

Read More

नदीकिनारमा एक पुरुषको शव फेला

भरतपुर चितवन –  भरतपुर महानगरपालिका वडा नं-१७, गाजीपुरस्थित नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ । नारायणी नदीकिनारमा नदीले बगाएर ल्याएको नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्कापश्चात् मृतकको थप अनुसन्धान कार्य गरिरहेको छ ।

Read More

बँदेलको आक्रमणबाट दुई घाइते

चितवन –  नवलपुरको मैनाघाटमा बँदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५७ वर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी छर्दैगर्दा शनिबार साँझ ५ बजेतिर बँदेलले आक्रमण गरेको हो । त्यसैगरी मैनाघाटकै ४३ वर्षीया हरिकला सिंजालीमगरलाई खेतमा पानी लगाउने क्रममा बँदेलले आक्रमण गरेको प्रहरीले…

Read More

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल गोही राप्ती  नदीमा छाडिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ। केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए। २०३५ सालमा स्थापना गरिएको…

Read More

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

चितवन –  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो । योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बन्यो । वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सात विकेट…

Read More