matribhumionline

निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडर बने गायक प्रकाश सपुत

चितवन – निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीका लागि कम्पनीको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाका साथै वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्ने र चेतना जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । निओ मनि ट्रान्सफर, पैसा परिवारलाई योगदान देशलाई भन्ने…

Read More

जिप दुर्घटना हुँदा १ जना बालकसहित दुई जनाको मृत्यु

चितवन –  बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं।४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं।४ का ६…

Read More

घट्यो पेट्रोलियम पदार्थको मूल्य

चितवन –  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको सात रुपैयाँ र डिजेल तथा मट्टीतेलमा लिटरको पाँच रुपैयाँ घटाएको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार सन् २०२४ मे १६ तारिख। वैशाख शुल्क पक्षको अष्टमी तिथि उपरान्त नवमी। सीता जयन्ती तथा गोरखकाली पूजा । चन्द्रमा अनुसार दैनिकि बारे भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहेको छ त राशिफलका आधारमा मेष : समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक र…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा…

Read More

मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते

चितवन – दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिकाको भटमासेमा आज बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । शैलुङ गाउँपालिका(८ ढाँडेकुनेबाट मलामी र दाउरा लिएर तामाकोशीतर्फ जाँदै गरेको बोलेरो सत्यश्वर–सिम्टे सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी मलामी…

Read More

विनवार्ड्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी

चितवन – विनवार्ड्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवार्ड्सले दिएको एक सय ९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका ओपनर कुशल भुर्तेलले ७१ र दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए । त्यस्तै सोमपाल कामी…

Read More

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

चितवन –  उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सो मुद्दा आज सोही इजलासमा सुनुवाइ भएर फैसला आउने बताइएको छ । उक्त मुद्दामा सन्दीपको तर्फबाट…

Read More

नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइको मृत्यु

चितवन –  बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ । बबईमा पौडी खेल्ने क्रममा मंगलबार बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दुई दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए…

Read More

आजको मौसम

चितवन  – हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका…

Read More