झापा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता देखाएपछि यस्तो बन्यो आजको कार्यक्रम

झापा –  पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उनी बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शुक्रबार झापा पुगेका हुन् । झापा पुगेर उनी धुलाबारीको होटल मेची क्राउनमा बसेका छन् । त्यहाँ उनले भेटघाटको कर्यक्रम समेत जारी राखेका छन् । आज धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ७ हजार मोटरसाइकलको र्‍यालीको आयोजना गरिदैछ…

Read More

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा १ नेपालीको मृत्यु

चितवन –  आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।…

Read More

घरमा आगलागी हुँदा ४ जनाको मृत्यु

बर्दिया – बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । भने १ जना घाइते भएका छन् । आगलागीमा परि  दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे ज्यान गएकाे हाे । घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका…

Read More

क्रिकेट रंगशालामा सरसफाइ अभियान सुरू

भरतपुर चितवन –  लामो समयदेखि अलपत्र अवस्थामा रही काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सरसफाइ सुरू गरिएको छ । शुक्रबार भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरू गरेको हो । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा अहिले काँसघारीले भरिएको छ । तीन अर्ब…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन – आज २०८० साल मंसिर ९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : असल व्यक्तित्व सँगको सहकार्यले व्यवसायमा फाइदा हुनेछ । शुभ कार्यको योजना बनाउनु राम्रो हुन्छ । साथीभाइबाट सहयोग मिल्नेछ। वृष : दिन राम्रो…

Read More

दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् । काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भूलगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रसाईंका सचिवालयले आफ्ना ५० भन्दा बढी समर्थक पक्राउ परेको र साँझसम्म यसबारे आधिकारिक जानकारी दिइने जनाएको छ ।

Read More

नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला

भरतपुर चितवन – चितवनको नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला…

Read More

बाघको आक्रमणबाट चितवनको राप्तीमा १ को मृत्यु

चितवन  –  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज शुक्रवार बिहान पौने १० बजेतिर पौडेल मनहरी गाउँपालिका–६ लोथारको राप्ती दोभानमा घाँस काट्न जानुभएको थियो । त्यही समयमा बाघको…

Read More

प्रचण्ड र ओलीको घर घेर्छौँ – दुर्गा प्रसाईँ

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् ।  भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै हिजोदेखी ‘ब्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईँले दुखित चेलीबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् । ‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौ,’ प्रसाईँले भने, ‘अब उनीहरूले उहाँहरूको जिम्मा लिनुपर्नेछ ।’  उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईँहरू आउनु भएन भने भोलि तपाईँहरूको धनीपुर्जा पनि हुन्न् ।’ 

Read More

घट्यो सुनको मुल्य

चितवन  –  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा र तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।…

Read More