नेपाल प्रहरीमा सरुवा, बढुवा र पदस्थापनमा नयाँ मापदण्ड लागू

काठमाडौँ– नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागू भएको छ। प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९ अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो । तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको…

Read More

भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

झापा  –   झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका- ४ निवासी ६७ वर्षीय डोरप्रसाद खनाल रहेका ला प्रहरी कार्यालयले झापाले जनाएको छ। मंगलबार साँझ ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल-५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको…

Read More

अबैध रकमसहित २ चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ – अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिजो काठमाण्डौबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । पक्राउ परेका…

Read More

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

चितवन –  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र र पेट्रोल प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय ७५ र डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १६४.५ भएको छ।…

Read More

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको हो । त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी…

Read More

कक्षा १२ को नतिजा सार्वजनिक

चितवन  –  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए । बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज साउन ३१ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  –  आज २०८० साल साउन ३१ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। वैदेशिक रोजगारको…

Read More

नेमार अब साउदी क्लबमा

ब्राजिलका स्टार फुटबलर नेमार साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालमा आबद्ध भएका छन्। उनले अल हिलालसँग दुई वर्षको सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। साउदी लिगमा आवद्ध हुने नेमार पछिल्ला स्टार खेलाडी हुन्। यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलगायत थुप्रै खेलाडी साउदी अरेबियामा बसाइ सरिसकेका छन्। नेमार स्थानान्तरणका लागि अल हिलालले ९० मिलियन युरो तिरेको…

Read More

मुगुमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मुगु  –  मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम…

Read More