झाडीमा १ बेवारिसे नवजात शिशु फेला
बाजुरा – त्रिवेणी नगरपालिका ४ तोली नजिकै झाडीमा एक बेवारिसे नवजात शिशु फेला परेको छ । ०८० भदौ ४ गते दिउँसो शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । स्थानीय गोठालाले बेवारिसे शिशु देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारीपछि मौरे प्रहरी पोष्टबाट खटिएको टोलीले उक्त शिशुलाई ल्याएको थियो ।…
