जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सिन्धुली –   दुधौली नगरपालिका- १० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

एनसेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयकाे सम्मान

काठमाण्डाै –   नेपाल प्रहरी अन्तर्गत काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्‍याएकाे भन्दै एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्याङ्कन स्वरूप प्रशंसा पत्र प्रदान गरको हो । हिजाे मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा काठमाण्डाै उपत्यका…

Read More

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा –   झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्। करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ निवासी २४ वर्षीय अमृत रेग्मी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो।…

Read More

चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण गरेको भन्दै ओलीद्वारा भारतलाई बधाई

चितवन –  नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार  साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । “आज…

Read More

अविवाहित युवतीले जन्माएको बच्चा बेच्ने डाक्टरसहित ६ जना पक्राउ

चितवन –  प्रसूति गराउन आएकाहरूबाट जन्मिएका नवजात शिशु अस्पतालबाटै निःसन्तानदम्पतीहरूलाई बिक्री गर्ने गरिएको घटना सार्वजनिक भएको छ । अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निःसन्तानदम्पतीलाई बिक्री गरेको आरोपमा डा. तपेश्वरलाल कर्ण पक्राउ परेसँगै यस्तो खुलासा भएको हो । कोसी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण मात्र नभई यस्तो कार्यमा गिरोह नै लागेको आशंकामा…

Read More

महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दै

चितवन –  मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ । नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया,…

Read More

काठमाडौँको बुद्धनगरमा भैँसी आतंक

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । घाँटीमा दाम्लो झुण्डिएको भैँसीले हान्न सक्ने भन्दै बुद्धनगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भैँसी धनी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

Read More

भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने

भरतपुर चितवन –   चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिए…

Read More

महानगरबाट शैक्षिक छात्रवृत्ति पाएकाले कुनै शुल्क तिर्नु नपर्ने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने जनाएकोे छ। कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा ठाउँ अभाव कारण देखाएर भर्ना लिन आनाकानी गरेको गुनासो आएको भन्दै महानगरपालिकाको शिक्षा…

Read More

पर्यटन मन्त्री किरातीलाई पितृशोक

काठमाडौ –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै…

Read More