लमजुङ, ओखलढुङ्गा, सिन्धुलीमा ठूलो वर्षाका कारण बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

चितवन  –  लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । ठूलो पानी परेका क्षेत्रमा आकस्मिक बाढीको जोखिम छ । लमजुङको खुदीबजार र आसपास परेको ठूलो पानीले खुदीखोलालगायत लमजुङ भएर बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँ बिहान…

Read More

यस्तो छ आज देशभरको मौसम

चितवन –  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि…

Read More

ललितानिवासका प्रतिवादीलाई २ दिन म्याद थप, आइतबार मात्र मुद्दा दर्ता हुने सम्भावना

काठमाडौ –  बहुचर्चित ललितानिवास जग्गा हिनामिनामा पक्राउ परेका १८ जनालाई थप दुई दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । अभियोजनको तयारीका लागि बिहीबार अदालतले म्याद थप गरेको हो । सो मुद्दामा अभियुक्तहरू पक्राउ परेको शुक्रबार ६० दिन हुँदैछ । तर, शुक्रबार मुद्दा दर्ता गर्न कठिन हुने सरकारी वकिल कार्यालयले जनाएको छ । ‘अदालतले…

Read More

पाेखरामा ४ लाख बढी नगदसहित जुवा खेल्दै गरेका ७ जना पक्राउ

कास्की –  कास्कीमा जुवा जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार पोखरा महानगरपालिका–८ मा रहेको लक्ष्मी होटलको भुइँ तलामा जुवा खेल्दै गरेका सात जनालाई पक्राउ गरेकाे वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले जानकारी दिनुभयाे । उहाँका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक इन्द्रबहादुर हिराचन, मुस्ताङका मोहन थकाली, नवीनप्रसाद थकाली,…

Read More

प्रहरी हत्या घटनाः आमाछोरा पुर्पक्षका लागि जेल चलान

चितवन –  बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका…

Read More

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयद्वारा ट्रकमा आगजनी

चितवन –  ट्रकको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ खण्डमा बिहीबार अपराह्न एक महिलाको मृत्यु हुँदा स्थानीयले ट्रकमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करबाट चन्द्रपुर–१ का अन्दाजी ५५ वर्षीय पैदल यात्रीको मृत्यु भएको हो । ठक्कर पश्चात् ट्रकका चालकले ट्रक पछाडि चलाएर (ब्याक गरेर) महिलाको ज्यान…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल भदौ ८ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला।…

Read More

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ । गोलीहानाहान भएका बेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन् ।…

Read More

प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै २ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

दाङ –  प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाकाे तानसेन नगरपालिका–३ घर भई काठमाण्डाैकाे चन्द्रागिरि बस्दै आएका ५८ वर्षीय नरेश गाैतम रहेका छन् । उनलाई आज बिहीवार काठमाण्डाैबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । गाैतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर…

Read More

दूध उत्पादक किसानलाई अनुदान वितरण

काभ्रे –  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी…

Read More