क्रिकेट हेर्न आज जनकपुरका विद्यालय बिदाको घोषणा

जनकपुर –  नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन ।   ‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी…

Read More

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने

चितवन –  कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आजबाट सर्वोच्च अदालतको पुर्ण इजालासमा सुनवाई हुदैँछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो । हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण…

Read More

चितवनको माडीमा १५ वर्षीय बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

माडी चितवन –  चितवन माडी बाँदरझुलामा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय हरिबहादुर हरिजन पक्राउ परेका हुन् । उनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए…

Read More

आज राष्ट्रियसभा बैठक बस्दै

चितवन –  राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ ।  संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।   बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।

Read More

एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले भारतसँग खेल्दै

चितवन –  एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । नेपालले…

Read More

कावासोती नगरपालिका अध्यक्षद्वारा कुनै पनि सेवा सुविधा नलिने घोषणा

नवलपुर –  नेकपा (एमाले) कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढ्ंगानाले नगर अध्यक्षको हैसियतमा कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुबिधा नलिएको जनाउनु भएको छ । आज (आइतवार) प्रेस बिज्ञप्ति जारी गर्दैै उहाँले एमालेलाई दुष्प्रचार गरेको भन्दै खण्डन गर्नुभएको छ । म मेरो निष्ठा र आर्दशबाट कुनै बिचलित छैन । म आवद्ध नेकपा (एमाले) पार्टीलाई समेत जोडेर भएका…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –   आज २०८० साल भदौ १८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।…

Read More

जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि सञ्चालन

चितवन –  जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिए । “मौसममा सुुधार र पर्यटकीय…

Read More

पब्जी विश्वकपको छनौटमा नेपाली पाँचै टोली असफल

चितवन –  पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३ नेपाली टिम रहित हुने भएको छ । ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३’ को आइतवार सम्पन्न फाइनलमा सोचे अनुरूप प्रदर्शन गर्न नसक्दा पब्जी विश्वकपसम्म पुग्ने यात्रा बीचैमा रोकिएको हो । फाइनलमा पाँच नेपाली टिमले खेले पनि अन्तिम दिनको खेलमा शीर्ष…

Read More

चितवन लगायतका जिल्लामा उत्पादित हेलेज घाँस चीन निर्यात सुरु

चितवन –  नेपालबाट पहिलो पटक चीनतर्फ ८० टन हेलेज निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार दैनिक २० कन्टेनरले चीन पठाइने व्यवस्था गरिएको छ। नेपालबाट भारतमा स्कुस, गोलभेँडा जस्ता तरकारीहरूको निकासी लागि भारतीय पक्षसँग छलफल भई हाल ती वस्तुको निकासी सहज भएको मन्त्रालयको भनाइ छ। यसका साथै मन्त्रालय तथा मातहतका…

Read More