चट्याङ लागेर जाजरकाेटमा १ जनाको मृत्यु

चितवन –   चट्याङ लागेर जाजरकाेटमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर आज आइतवार बारेकोट गाउँपालिका–५ की ३६ वर्षीया रेवती सिंहकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । बाख्रा चराएर घर फर्कने क्रममा चट्याङ पर्दा घटनास्थलमै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष रोक्काले जानकारी दिनुभयो ।

Read More

१ किलो सुनसहित रसुवाबाट १ महिला पक्राउ

चितवन –  चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोसाईकुण्ड गा.पा- वडा नम्बर ३ बस्ने ४१ बर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिए । नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार…

Read More

भुटानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

चितवन –  आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपालले पहिला बलिङ गर्दैछ । मलेसियामा टस जितेर नेपालले बलिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग पराजित भएको…

Read More

पहाडी क्षेत्रमा आज पनि वर्षाको सम्भावना

चितवन –  पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार कास्की, बाग्लुङलगायत गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । अन्य पहाडी क्षेत्रमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौमा पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले…

Read More

नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भरतपुर चितवन –  चितवनको  भरतपुर २  नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको…

Read More

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

चितवन –  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल भदौ १७ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा…

Read More

मानिसको आवतजावतको लागि तातोपानी नाका आजदेखि खुल्ने

काठमाण्डाै –   चीनसँगको उत्तरी सिमानाका तातोपानीमा आजदेखि दुईतर्फी आवतजावत खुल्ने भएको छ । लामो समय आवतजावत बन्द गरेको चीनले आजदेखि आवतजावत खुला गर्न लागेको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि तातोपानी नाका बन्द थियो । त्यसपछि सहयोग पठाउन चीनले आंशिक रुपमा नाका खोलेको थियो । तर, कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ साल चैत ११…

Read More

दक्षिण अफ्रिकाको १ भवनमा आगलागी हुँदा ७३ को मृत्यु

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छ। अन्य ५० जनाभन्दा बढी घाइते भएका छन्। दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ को शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन्। उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार…

Read More

यस्तो छ आज देशभरको मौसम

चितवन –  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी…

Read More