पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो व्यावसायिक उडान

पोखरा –  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु हुँदैछ । विमानस्थलका अनुसार आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण गर्दैछ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एयरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोलि भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन्। ड्रुक एयर पोखराबाटै अन्तर्राष्ट्रिय उडान…

Read More

धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ

धरान –  धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको…

Read More

बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किदा ७ को मृत्यु, ३० जना घाइते

चितवन –   बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल भदौ २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दिन राम्रो छ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा…

Read More

बाघको आक्रमणबाट १ महिलाको मृत्यु

बर्दिया –  बर्दियाको मधुवन नगरपालिका-३, भग्रैयामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ। स्थानीय ५५ वर्षीया कली वंशी मगरको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो। शुक्रबार दिउँसो १ बजे घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी महिलाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए। बाघले आक्रमण गरी उनलाई जंगलतर्फ पुर्याएको…

Read More

मेची नदीमा हाम फालेकी महिलाको उद्धार

झापा –  झापाको मेचीनगर नगरपालिका १ तिरिङ दोभानस्थित मेची नदीमा एक महिलाले हाम फालेकी छन् । शुक्रबार एक महिलाले हाम फालेकोमा प्रहरीले उद्धार गरेको छ । सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको नदीमा हाम फालेको अवस्थामा उद्धार गरेको हो । उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल…

Read More

आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति

चितवन –  स्नातक तहमा भर्ना हुन आउने एक सय विद्यार्थीलाई सनवे कलेजले छात्रवृत्ति दिने भएको छ । सफ्टएड समूह अन्तर्गतको यो कलेजले आफ्नो अर्को सहायक कम्पनी डिजी स्कुलसँग सहकार्य गरेर छात्रवृत्ति दिन लागेको हो । कलेजका अनुसार डिजी स्कुलसँग जोडिएका १०० बढी विद्यालयबाट हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउनेछन् । विद्यार्थीहरूले चार वर्षे…

Read More

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

काठमाडौँ –   सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ । गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले…

Read More

चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय

भरतपुर चितवन –  विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताए । विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३००  र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख…

Read More