JIN0TkF.gif

जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

चितवन –  जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अयोध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठाका लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ…

Read More

फोहोरबाट ग्यास र जैविक मल उत्पादन

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहोरलाई मोहरका रुपमा रूपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई संकलन गरी ग्यास र…

Read More

मेलम्ची खानेपानी आयोजना मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक –  मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहस बनाएको थियो । बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको…

Read More

आज राति आकाशमा उल्का वर्षा

चितवन –  आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार केही दिनदेखि नै आकाशमा उल्का वर्षा भैरहेको छ, तर आज राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । आज राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने उहाँले बताउनुभयो ।…

Read More

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संलग्न दुई जना जेल चलान

चितवन –  कास्की जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु । अदालतले सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई थुनामा पठाउने आदेश दिएको हो । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरु हिजो (मंगलबार) अदालतमा उपस्थित भएका थिए । आज (बुधबार)…

Read More

मेयर बालेन शाहद्वारा सचिवालय प्रमुखसहित तीन जना कर्मचारी निलम्बनमा

चितवन –  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गर्नुभएको छ । महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गर्नुभएको हो । कर्मचारी विवादपछि महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी…

Read More

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

चितवन –  नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा,   स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०–०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्रयाक्टरलाई नियन्त्रणमा…

Read More

नदिमा खसेर १ जनाको मृत्यु

चितवन –  सानिमा मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर मृत्यु भएको छ । आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत बाराको कोल्वी नगरपालिका वडा नं. ५ का २५ वर्षिय दिपु चौधरीको निधन भएको हो। उनी माछापुच्छ्रे मेटल एन्ड मेसीनरी वर्क्स प्रालिमा कार्यरत थिए। सो प्रालिले मध्य तमोरमा हाइड्रो मेकानिकलको काम गर्दै आएको छ।…

Read More

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने

चितवन – प्युठान जिल्लाको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएकाे छ । गाउँपालिकाको १४औँ गाउँसभाले बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि यस्ताे याेजना ल्याइएकाे जानकारी दिनुभयो । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या…

Read More

सामाजिक सञ्जाल दर्ता नगरी चलाए ५० लाखसम्म जरिवाना

चितवन –  नेपालमा सामाजिक सञ्जालको प्लेटफर्म दर्ता नगरी सञ्चालन गरेमा ५० लाखसम्म जरिवाना हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था गरिएको छ । विश्व बजारमा चलेका सामाजिक सञ्जालको नेपाल प्रतिनिधि सार्वजनिक पद धारण गर्ने व्यक्ति भएर पनि दर्ता नभएको पाइए…

Read More