आज इन्द्रजात्राको अवसरमा सार्वजनिक बिदा
काठमाण्डौ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायत ठाउँमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको यःसिं ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको…

