JIN0TkF.gif

नारायणी नदीमा फसेका २ जनालाई पाँच घण्टापछि सकुशल उद्धार

चितवन –  पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा तीन जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । अरू दुई जना गैंडाकोट नगरपालिका–५ का ५० बर्षका ओमबहादुर गुरुङ…

Read More

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा रुख ढलेर सडक अवरुद्ध

चितवन –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले अवरुद्ध सडक खुल्न समय लाग्ने बताउनुभयो । सडकमा ढलेको रुख हटाउन एक्साभेटरसहितको टिम…

Read More

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी चलाउन रोक

चितवन –  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा गाडी चलाउन रोक लगाइएको छ । पुलमा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाएको तर साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा पानीको बहाव…

Read More

जलसतह बढेपछि सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए

चितवन –  सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए । प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन…

Read More

पहिरोले मुग्लिङ नारायणगढ सडकखण्डमा एकतर्फी अवरुद्ध

चितवन –  मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।  

Read More

पहिरोमा परि लमजुङमा ४ जनाको मृत्यु

चितवन –  लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए । उनले प्रहरी…

Read More

अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा

चितवन  – अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन् । पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये १२ वडा  डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका ५ सय बढी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमान लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार डुबानमा परेका बस्तीका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लौजानेक्रम जारी…

Read More

पोखरामा सडक भासिँदा आवागमनमा समस्या

चितवन – पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उक्त स्थानबाट करिब १०…

Read More

अब बैंक खाता खोल्न र सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

चितवन –  सरकारले सिमकार्ड लिन र बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बुधबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यस्तो व्यवस्था गरेको हो । यस अन्तर्गत बैङ्किङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिमकार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय…

Read More

राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने

चितवन – राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले साउनदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने सरकारी योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग प्राविधिक सहकार्य…

Read More