काेशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा
चितवन – काेशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज आइतवार भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेकाे हाे । एपीएफले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्याे ।…

